श्रमिक हक अधिकार कागजमै सीमित

काठमाडौँ, २ पौष । वैदेशिक   रोजगारको   क्षेत्रमा   काम   गर्ने सरकारी र गैरसरकारी संस्थाले अन्तर्राष्ट्रिय आप्रवासन श्रमिक दिवसको अवसर पारेर देशभर सप्ताहव्यापी कार्यव्रmम गरिरहेका छन् । सरकार र वैदेशिक रोजगारको क्षेत्रमा काम गर्ने सरोकारवाला निकायले आइतबारदेखि  आउँदो  शुक्रबारसम्म  साताव्यापी  रूपमा  श्रमिकका  हक  अधिकारका  विषयमा कर्यक्रम गरिरहेका छन् ।

सरोकारवालाले वैदेशिक रोजगारीका क्रममा ठगिएका  श्रमिकलाई  न्याय  दिन  सफल  भएको  भन्दै तथ्यसमेत सार्वजनिक गरेका छन् । वैदेशिक रोजगार विभागको महानिर्देशकको पदबाट भर्खर अन्य कार्यालयमा सरुवा हुनुभएका मदन दाहालले विभागमा आएका धेरै उजुरीको सुुनुुवाइ गरेको दाबी  गरे । 

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा विभागमा परेका ८६१ वटा उजुरीमध्ये २३० उजुरीको  मिलापत्र  गरी  विगतको  तुुलनामा  धेरै सुुधार गरेको उहाँको दाबी छ । यता कास्कीका अविरल सुुवेदीले वैदेशिक रोजगारीका  व्रmममा  ठगिएको  भन्दै  वैदेशिक रोजगार विभागमा विगत दुुई वर्षदेखि धाइरहेको तर न्याय पाउने आस हराएको गुनासो गरे  । रोमानियामा स्टार होटलको काममा पठाइदिने भन्दै ऋण गरेर गाउँकै दाइ पर्नेलाई सात लाख रुपियाँ बुुझाएका  सुुवेदीले  भने,  “विदेश  जाने  त  परैको कुरा  उल्टै  ऋण  गरेको  पैसा  असुलका  लागि काठमाडौँ धाउँदा एक लाख रुपियाँ थप ऋण थपियो ।” 

काठमाडौँमा बस्ने ती दाइ अहिले फोन स्विच अफ गरेर फरार छन्, विदेश जानभन्दा पनि दिएको पैसा फिर्ता गर्नुपर्ने मागसहितको उजुरी गरेर दुुई वर्षदेखि विभागमा धाइरहेका छन् । उनी एउटा प्रतिनिधि मात्रै हो । उहाँ जस्ता धेरै युुवा युरोपको आकर्षक  रोजगारीको  प्रलोभनमा  परेर  ठगिएका छन् । यो समाचार गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २९ पौष । मन्त्रिपरिषद्को बैठकका निर्णय सार्वजनिक भएको छ । पौष २६ गते बसेको मन्त्रिपरिषद्को बैठकले निर्णय सरकारका प्रवक्ता

काठमाडौँ, २९ पौष । राष्ट्रपति रामचन्द्र पौडेलले आज नवनिर्मित संसद् भवनको निरीक्षण गरेका छन् । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे

काठमाडौँ, २९ पौष । आज दिउँसो २ बजे बस्ने भनिएको नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक स्थगित भएको छ । केन्द्रीय

काठमाडौँ, २९ पौष । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आकस्मिक तथा भर्ना भएका बिरामी रेफर गर्दा पहिलो स्वास्थ्य संस्थालाई जिम्मेवार बनाउने