काठमाडौँ, २ पौष । एकीकृत समाजवादीको सचिवालय बैठक आज र भोलि बस्ने पार्टी प्रचार विभागले जनाएको छ ।
बैठकमा राष्ट्रियसभाको आसन्न निर्वाचनमा पार्टीका तर्फबाट उमेदवार बनाउने मापदण्ड तय गर्ने, देशभरको सांगठनिक अवस्था, जनवर्गीय संगठनको कार्यप्रगतिको समीक्षा गरिने उनले बताए । बैठकमा सुशासन, जनजीविका, समसामयिक राजनीतिक विषयमा छलफल गरिने छ ।