राष्ट्रियसभा सदस्य निर्वाचनका लागि चुनाव चिन्ह प्रदान

काठमाडौँ, १ पौष । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरुलाई निर्वाचन चिन्ह प्रदान गरेको छ । 

आयोगको आइतबार बसेको बैठकले निर्वाचनकालागि दर्ता हुन आएका दलहरुलाई क्रम निर्धारण गरी निर्वाचन चिन्ह प्रदान गरेको हो । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि यसपटक १२ राजनीतिक दलले दर्ता गराएका छन् । आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फ दलहरुले प्राप्त गरेको मतको आधारमा क्रम निर्धारण गरी निर्वाचन चिन्ह प्रदान गरेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

आयोगले निर्धारण गरेको क्रमानुसार पहिलो नम्बरमा नेकपा एमाले छ । त्यसपछि क्रमश: नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नेकपा एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा र नेपाल समाजवादी पार्टी रहेका छन् । आयोगले ती दलका चिन्हलाई नै राष्ट्रिय सभा सदस्य निर्वाचनमा पनि प्रयोग गर्ने गरी निर्वाचन चिन्ह प्रदान गरेको छ ।

राष्ट्रियसभाका २० जना सदस्यहरुको पदावधि सकिदैछ । सरकारले १९ सिटकालागि माघ ११ मा निर्वाचन गर्ने मिति तोकेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्य बीमा सुधार सुुझाव कार्यदलको प्रतिवेदनका आधारमा यथाशिघ्र सुधारको कार्ययोजना बनाउन स्वास्थ्य

काठमाडौँ, ६ माघ । भीम रावलका पक्षमा खुलेका दुई नेतालाई नेकपा (एमाले) कैलाली जिल्ला कमिटीले कारबाही गरेको छ । एमाले जिल्ला कमिटी

काठमाडौँ, ६ माघ । नेपाली कांग्रेसले पार्टीका कोशी प्रदेश सभापति एवम् प्रदेशसभा संसदीय दलका नेता उद्धव थापामाथि भएको आक्रमणप्रति घोर

काठमाडौँ, ६ माघ । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का महासचिव शंकर पोखरेलले राजनीतिक रूपमा सबै दलहरूबीच सहमति भएमा तत्काल संविधान संशोधन हुने