मेलम्चीको पानी चाँडो काठमाडौँ पुर्‍याऔँ : सभामुख घिमिरे

सिन्धुपाल्चोक, १ पौष । सभामुख देवराज घिमिरेले मेलम्चीको पानी चाँडोभन्दा चाँडो काठमाडौँ पुर्‍याउन आग्रह गरेका छन् । मेलम्ची खानेपानीको मुहानस्थल हेलम्बु–१, अम्बाथानको आइतबार निरीक्षण गर्दै उनँले सक्दो चाँडो काठमाडौंका बासिन्दालाई पानी खुवाउनुपर्नेमा जोड दिए ।

सभामुख घिमिरेले मेलम्चीको मुहानस्थल अम्बाथान र मुहानको माथिल्लो भेगको समेत निरीक्षण गरे । मेलम्चीको पानी काठमाडौँ लैजान ढिलाइ भइरहेको सन्दर्भमा उनले यसबारे सम्बन्धित निकायबाट जानकारी लिएका हुन् । सो अवसरमा मेलम्ची खानेपानी विकास समितिका सिनियर डिभिजनल इन्जिनियर पदमबहादुर कुँवरले मेलम्चीमा हाल भइरहेको कामका बारेमा सभामुख घिमिरेलाई जानकारी गराएका थिए । उनका साथमा पूर्वमन्त्री शेरबहादुर तामाङ, वाग्मती प्रदेशका पूर्वमन्त्री सरेस नेपाललगायत अधिकारी थिए । रासस

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ असोज । लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीले शुक्रवार शीतल निवासमा आयोजित एक समारोहका बिच आर्थिक वर्ष २०८०–०८१

काठमाडौँ, ४ असोज । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुव्वा गुरुङले अहिले राजनीति अपराधिकरण र फोहोरी खेल बढेर गएको बताएका

काठमाडौँ, ४ असोज । रास्वपा सभापति रवि लामिछानेसँग संसदीय विशेष समितिले लिएको बयानसहितको प्रतिवेदन सार्वजनिक भएको छ । संसदीय समितिले

काठमाडौँ, ४ असोज । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीलाई डेंगु सङ्क्रमण भएको छ । सङ्क्रमित मन्त्री अधिकारी अहिले