जनकपुरधाम, १ पौष । जनकपुरमा सीताराम विवाहपञ्चमी महोत्सवमा पाकेटमारी तथा अबान्छित गतिविधि गर्ने १८ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
धनुषा प्रहरीका अनुसार भीडभाडको मौकाछोपी श्रद्धालुभक्तजनको पाकेट मार्ने तथा दुव्यवहार गर्ने १८ जनालाई नियन्त्रणमा लिएको हो ।
दिउँसो १ बजेसम्म पक्राउ परेका उनीहरुलाई जनकपुरधामस्थित गोपाल धर्मशालामा प्रहरी यनिट स्थापना गरी राखिएको छ । उनीहरुमाथि आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।