अभियानबाट देश र जनताको हित सोच्नेलाई उत्साहित बनायौं : अध्यक्ष ओली

पाँचथर, १ पौष । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश र जनताको हितलाई सर्वोपरी ठान्नेहरुमा मध्यपहाडी संकल्प यात्राले उत्साहित बनाएको बताएका छन् ।

पाँचथरको चिवाभञ्ज्याङ पुगेर संकल्प यात्रा समापन गर्दै अध्यक्ष ओलीले संकल्प यात्राले मुलुकमा ब्याप्त निराशा चिर्न सक्ने शक्ति एमाले भएको समेत पुष्टि गरेको बताए । तर गठबन्धन सरकारका कारणले मुलुक चिन्ताजनक अवस्थामा पुगेको बताए । गत १४ मंसिरमा बैतडीको झुलाघाटबाट सुरु भएर पाँचथरको चिवा भञ्ज्याङसम्म चलेको मध्यपहाडी संकल्प यात्राले देश विकासको खाका बनाउने आधार तयार पारेको उनले बताए ।

उनले भने, ‘संकल्प यात्राले अवाञ्छित चिन्तन र विचारलाई हतोत्साहित गरेको छ । देश र जनताको हितलाई सर्वोपरी ठान्नेहरुको मनोबल उच्च बनाएको छ । देशको राजनीति अलमलमा छ, देशको समय र जनताको आयु खेर गएको छ । संकल्प यात्राले देश विकास र समृद्धिको दिशामा अघि बढाउन असाधरण भूमिका खेलेको छ ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भक्तपुर, ४ माघ । भक्तपुरमा एक पुरुष मृतावस्थामा फेला परेका छन् । शुक्रबार बिहान मध्यपुर ठिमी नगरपालिका वडा नं. १

काठमाडौँ, ४ माघ । सोलुखुम्बुबाट हराएका एक विदेशी नागरिकलाई प्रहरीले उद्धार गरेको छ । बाटो बिराएर हराएका जर्मनी नागरिकलाई उद्धार

काठमाडौँ, ४ माघ । सङ्खुवासभाबाट ज्यान मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका अनुसार खाँदबारी

काठमाडौँ, ४ माघ । रुपन्देहीको सियारी गाउँपालिका–७ हिरागञ्जस्थित न्यु कामना इँटा उद्योगमा कार्यरत एक मजदुरको कुटपिटबाट मृत्यु भएको छ ।