अवैध लागूऔषधसहित ८ जना पक्राउ

काठमाडौँ, १ पौष । कास्की, पोखरा महानगरपालिका–६ जरेबरबाट अवैध लागूऔषध गाँजा १ किलोग्राम र ब्राउन सुगर जस्तो देखिने पदार्थ ८० मिलिग्रामसहित २ जनालाई  प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ डेरा गरी बस्ने चितवन रत्ननगर नगरपालिका-९ घर भएका २७ वर्षीय सन्दीप श्रेष्ठ र पोखरा महानगरपालिका-१७ ड्यामसाईड घर भएका २१ वर्षीय बिजन सापकोटा रहेका छन् । 

वडा प्रहरी प्रहरी कार्यालय बैदाम र लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको प्रहरीले सन्दीपलाई १ किलोग्राम गाँजा र बिजनलाई ८० मिलिग्राम ब्राउन सुगर जस्तो देखिने पदार्थसहित फेला पारी पक्राउ गरेको हो । यसैगरी कास्की, पोखरा महानगरपालिका–१० रंगशाला गेट अगाडि रहेको खाजा घरका सञ्चालक देवी माया गुरुङलाई अवैध लागूऔषध गाँजा १ किलो २८० ग्राम र नगद ८७ हजार ४ सय ३५ रूपैयाँसहित शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय रामबजारको प्रहरीले खाजा घर तलासी गर्दा दराजभित्र लुकाई राखेको उक्त गाँजासहित फेला पारी उनलाई पक्राउ गरेको हो ।

बर्दिया, बढैयाताल गाउँपालिका–२ फुटाहाबाट अवैध लागूऔषध खैरो रंगको जस्तो देखिने धुलो पर्दाथ १ ग्राम ८ सय २० मिलिग्रामसहित सोही गाउँपालिका–५ बढैयागाँउ बस्ने ३५ वर्षीय भगन थारुलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी जमुनीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । डडेल्धुरा, अमरगढी नगरपालिका–५ बागबजारबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ २ सय मिलिग्राम र नगद २२ हजार ५ सय रूपैयाँसहित सोही नगरपालिका–१ बस्ने १८ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

सुनसरी, धरान उपमहानगरपालिका–२० काखोलाबाट अवैध लागूऔषध गाँजा करिब ९ किलोग्रामसहित धनकुटा शहिदभूमी गाउँपालिका–१ सुन्तलाबारी बस्ने ४० वर्षीय रमेश राईलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोस्ट विष्णुपादुका धरानबाट खटिएको प्रहरीले को २६ प २१३७ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकल चालक उनलाई उक्त गाँजासहित फेला पारी पक्राउ गरेको हो । कञ्चनपुर, भीमदत्त नगरपालिका–११ होल्डिङ सेन्टरबाट अवैध लागूऔषध खैरो हिरोइन जस्तो देखिने पदार्थ ५ ग्राम ५९ मिलिग्रामसहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भीमदत्त नगरपालिका–१ बस्ने ३४ वर्षीय जीवन डगौरा र १८ वर्षीय किशोर रहेका छन् । इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरीले प्र से ४ प ४१९८ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, ३ फागुन । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूस–युक्रेन युद्ध अन्त्य गर्न बनाइएको योजनाप्रति प्रतिक्रिया व्यक्त गरेका छन् । जेलेन्स्कीले

एजेन्सी, ३ फागुन । पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा (केपी) प्रान्तमा छुट्टाछुट्टै कारबाहीमा १३ जना आतंककारी मारिएको सेनाले बिहीबार जनाएको छ

वासिङ्टनमा, २ फागुन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबिच ह्वाइट हाउसमा द्विपक्षीय वार्ता भएको छ ।  वार्तापछि

श्रीनगर, १ फागुन । भारतीय र पाकिस्तानी सैनिकहरूले दुई चिरपरिचित प्रतिद्वन्द्वीलाई विभाजन गर्ने अत्यधिक सैन्यीकृत काश्मीर सीमामा गोलीबारी गरेका छन्