सत्ता र प्रतिपक्ष मिलेमतोमा कमाउ धन्दामा लाग्नु दुर्भाग्यपूर्ण : अध्यक्ष लिङदेन

काठमाडौँ, १ पौष । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले सत्ता र प्रतिपक्ष समेत मिलेमतोमा कमाउ धन्दामा लाग्नु दुर्भाग्यपूर्ण रहेको उल्लेख गरेका छन् ।

धुम्बाराहीस्थित एसआर बैंक्वेटमा जारी केन्द्रीय कार्यसमितको बैठकमा उनले समसामयिक राजनीतिक परिस्थिति, रणनीति र भावी कार्यदिशाका विषयमा ‘ब्रिफिङ’ गरेका छन् । उनले राप्रपा सत्ताकेन्द्रित नभएर आमजनता, शुभेच्छुक, शुभचिन्तकको परिवर्तनको चाहना र देशको अवस्थालाई ध्यान दिइने उनको भनाइ छ । लिङदेनले सडकसंघर्षलाई प्राथमिकता दिने पार्टीको कार्यनीति हुने प्रस्ट पारेका छन् । राप्रपाको एजेन्डाका पक्षमा जनमत बढ्दै गएको निष्कर्ष उनले बैठकमा पेस गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्य बीमा सुधार सुुझाव कार्यदलको प्रतिवेदनका आधारमा यथाशिघ्र सुधारको कार्ययोजना बनाउन स्वास्थ्य

काठमाडौँ, ६ माघ । भीम रावलका पक्षमा खुलेका दुई नेतालाई नेकपा (एमाले) कैलाली जिल्ला कमिटीले कारबाही गरेको छ । एमाले जिल्ला कमिटी

काठमाडौँ, ६ माघ । नेपाली कांग्रेसले पार्टीका कोशी प्रदेश सभापति एवम् प्रदेशसभा संसदीय दलका नेता उद्धव थापामाथि भएको आक्रमणप्रति घोर

काठमाडौँ, ६ माघ । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का महासचिव शंकर पोखरेलले राजनीतिक रूपमा सबै दलहरूबीच सहमति भएमा तत्काल संविधान संशोधन हुने