सत्ता र प्रतिपक्ष मिलेमतोमा कमाउ धन्दामा लाग्नु दुर्भाग्यपूर्ण : अध्यक्ष लिङदेन

काठमाडौँ, १ पौष । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले सत्ता र प्रतिपक्ष समेत मिलेमतोमा कमाउ धन्दामा लाग्नु दुर्भाग्यपूर्ण रहेको उल्लेख गरेका छन् ।

धुम्बाराहीस्थित एसआर बैंक्वेटमा जारी केन्द्रीय कार्यसमितको बैठकमा उनले समसामयिक राजनीतिक परिस्थिति, रणनीति र भावी कार्यदिशाका विषयमा ‘ब्रिफिङ’ गरेका छन् । उनले राप्रपा सत्ताकेन्द्रित नभएर आमजनता, शुभेच्छुक, शुभचिन्तकको परिवर्तनको चाहना र देशको अवस्थालाई ध्यान दिइने उनको भनाइ छ । लिङदेनले सडकसंघर्षलाई प्राथमिकता दिने पार्टीको कार्यनीति हुने प्रस्ट पारेका छन् । राप्रपाको एजेन्डाका पक्षमा जनमत बढ्दै गएको निष्कर्ष उनले बैठकमा पेस गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ माघ । बजारमा ब्रोकाउलीको मूल्य घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज ब्रोकाउलीको मूल्य

काठमाडौँ, ६ माघ । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–६ मा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार

काठमाडौँ, ६ माघ । बजारमा गोलभेँडाको मूल्य घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार गोलभेँडाको मूल्य एकैदिन

काठमाडौँ, ६ माघ । धादिङमा २६ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा निलकण्ठ