लागुऔषधसहित झापामा २ जना पक्राउ

झापा, १ पौष । झापाको बिर्तामोड नगरपालिका–१ पश्चिम बस स्टेन स्थितमा इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ गरेको छ । 

काठमाडौँमा ज्याकेट पार्सल गर्न आएका मेचीनगर नगरपालिका–१२ कालीझोडा बस्ने ३० वर्षका राजु विश्वकर्मालाई शङ्का लागि चेकजाँच गर्दा पार्सल गर्न आटेको ज्याकेटभित्र लुकाई छिपाई राखेको प्रतिबन्धित लागुऔषध ब्राउन सुगर २८ ग्राम ३७० मिलिग्राम फेला परेकोले उनलाई नियन्त्रणमा लिइएको हो । 

साथै उनीसँग  सोधपुछ गर्दा उक्त सामान दीपक दाहालको भएको पुष्टि भएकोले उनलाई पनि नियन्त्रणमा लिइएको प्रहरले जानकारी दिएको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २८ माघ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसँग नेपालका लागि जापानका राजदूत मायदा तोरूले शिष्टाचार भेट गरेका छन्

काठमाडौँ, २८ माघ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सामाजिक सञ्जाल नियमन गर्ने विधेयक हुबहु पारित हुन नसक्ने बताएका छन्

काठमाडौँ, २८ माघ । प्रतिनिधि सभाको बैठक १ बजेदेखि सुरु भएको छ ।  प्रत्यक्ष प्रसारण (LIVE)

काठमाडौँ, २८ माघ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले नागरिकलाई सहज र सरल सेवा दिने सम्बन्धमा थप