काठमाडौँ, ३० मंसिर । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मुलुकसँगै जनताको अवस्था बदल्न एकताबद्ध भएर अघि बढ्नुपर्ने बताएकी छन् ।
मध्यपश्चिमाञ्चल साहित्य परिषद्ले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा मन्त्री शर्माले व्यवस्था परिवर्तनका निम्ति एकता भएजस्तै यसको सुदृढीकरण र समस्या समाधानका लागि एकताबद्ध भएर अघि बढ्नुपर्नेमा उनले जोड दिइन् ।
अहिले राजनीतिक, साहित्यिकलगायत क्षेत्रमा निष्ठाको खडेरी देखिएको उनले उल्लेख गरिन् । निष्ठाको खडेरी चिर्ने चुनौती रहेको उनको भनाइ थियो । मन्त्री शर्माले चेतनाको अन्तरविरोधलाई तोड्दै संविधानले दिएका अधिकारको पूर्ण प्रयोगको अवस्थामा जनतालाई पु¥याउनुपर्ने बताइन् ।