एमालेले सरकार छाडेको २ वर्षमै देश कङ्गाल बन्न लाग्यो : अध्यक्ष ओली

फिदिम, ३० मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विदेशीको अगाडि बोल्न सक्ने कम्फर्टेवल सरकार अहिलेको आवश्यकता भएको बताएका छन् ।

शनिवार एमालेको झुलाघाट—चिवाभञ्ज्याङ यात्राका क्रममा पाँचथरको फिदिममा आयोजित जनसभालाई सम्बोधन गर्दै उनले उनले देशको परराष्ट्र नीति असंलग्न राख्नुपर्ने समेत बताए ।  एमालेले सरकार छाडेको २ वर्षमै देश कङ्गाल बन्न लागेको बताउँदै अध्यक्ष ओलीले देश बनाउने सङ्कल्प बोकेर एमालेले अभियान थालेको बताए । उनले यसअघि कांग्रेसले बुथ कब्जा गरेर चुनाव जितेको आरोप समेत लगाए ।

उनले भने, ‘कांग्रेसले २३ ठाउँमा बुथ कब्जा गरेर लुटेरा शैलीले चुनाव जित्यो । अहिले कांग्रेसको सक्रिय व्यक्ति न्यायाधीश बन्छ, कसले न्याय पाउँछ ? अहिले राजनीतिक अन्यौलता र अराजकता बढेको छ । अर्थतन्त्र डाँवाडोल भएको छ । अब एकल बहुमतको सरकार नबनेसम्म देशको विकास हुन सक्दैन ।’ मङ्सिर १४ गतेदेखि बैतडीको झुलाघाट चिवाभन्ज्याङ सङ्कल्प यात्रा सुरु शनिवार फिदिम पुगेको हो । सो यात्राको पुस ५ गते काठमाडौँमा औपचारिक रूपमा समापन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २९ पौष । मन्त्रिपरिषद्को बैठकका निर्णय सार्वजनिक भएको छ । पौष २६ गते बसेको मन्त्रिपरिषद्को बैठकले निर्णय सरकारका प्रवक्ता

काठमाडौँ, २९ पौष । राष्ट्रपति रामचन्द्र पौडेलले आज नवनिर्मित संसद् भवनको निरीक्षण गरेका छन् । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे

काठमाडौँ, २९ पौष । आज दिउँसो २ बजे बस्ने भनिएको नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक स्थगित भएको छ । केन्द्रीय

काठमाडौँ, २९ पौष । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आकस्मिक तथा भर्ना भएका बिरामी रेफर गर्दा पहिलो स्वास्थ्य संस्थालाई जिम्मेवार बनाउने