कोशीमा यातायात बन्द गराउने ६ जना पक्राउ

विराटनगर, ३० मंसिर । कोशीमा यातायात बन्द गराउँदै हिँडेका ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

शनिबार बिहान धरानबाट ५ जना र झापाको केरखाबाट एक जनालाई प्रहरीले पक्राउ गरेको हो । नेकपा एमालेको संकल्प यात्रा बिथोल्न खोजेको आरोपमा पक्राउ परेकाहरूलाई रिहा गर्न माग गर्दै कोशीका आन्दोलनकारीले आज बन्दको घोषणा गरेका थिए । प्रहरीले भने बन्दको प्रभाव आंशिक मात्रै रहेको जनाएको छ ।

प्रदेश १ पुनः नामांकन संयुक्त संघर्ष समितिले पक्राउ परेका आफ्ना ३५ जना नेता, कार्यकर्ताहरूको रिहाइको माग गरेका छन् । बन्द आह्वानका कारण पहाडी जिल्लाहरूमा यातायातका साधन चल्न सकेका छैनन् । नेकपा एमालेको संकल्प यात्राको टोली आज दिउँसो तेह्रथुमबाट पाँचथर पुग्दैछ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भक्तपुर, ४ माघ । भक्तपुरमा एक पुरुष मृतावस्थामा फेला परेका छन् । शुक्रबार बिहान मध्यपुर ठिमी नगरपालिका वडा नं. १

काठमाडौँ, ४ माघ । सोलुखुम्बुबाट हराएका एक विदेशी नागरिकलाई प्रहरीले उद्धार गरेको छ । बाटो बिराएर हराएका जर्मनी नागरिकलाई उद्धार

काठमाडौँ, ४ माघ । सङ्खुवासभाबाट ज्यान मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका अनुसार खाँदबारी

काठमाडौँ, ४ माघ । रुपन्देहीको सियारी गाउँपालिका–७ हिरागञ्जस्थित न्यु कामना इँटा उद्योगमा कार्यरत एक मजदुरको कुटपिटबाट मृत्यु भएको छ ।