टिपरको ठक्करबाट दाङमा २ जनाको मृत्यु

देउखुरी, ३० मंसिर । घोराही–तुलसीपुर सडकखण्डको घोराही उपमहानगरपालिका–१० नारायणपुरको झारबैरा चोकमा शुक्रबार राति दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । 

रा१क १३०७ नंको टिपरले विपरीत दिशातर्फ जाँदै गरेको रा२प ५५८९ को मोटरसाइकलाई ठक्कर दिँदा प्यूठानको झिम्रुक गाउँपालिका–४ बाङे निवासी १७ वर्षीय विशाल जिसी र सोही जिल्ला नौबहिनी गाउँपालिका–६ लुङ निवासी १८ वर्षीय सागर केसी घाइते भएको र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा आज मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी जनकबहादुर मल्लले जानकारी दिए ।

टिपरसहित चालक रोल्पाको रुन्टिगढी गाउँपालिका–९ का २६ वर्षीय ईश्वर बुढालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भक्तपुर, ४ माघ । भक्तपुरमा एक पुरुष मृतावस्थामा फेला परेका छन् । शुक्रबार बिहान मध्यपुर ठिमी नगरपालिका वडा नं. १

काठमाडौँ, ४ माघ । सोलुखुम्बुबाट हराएका एक विदेशी नागरिकलाई प्रहरीले उद्धार गरेको छ । बाटो बिराएर हराएका जर्मनी नागरिकलाई उद्धार

काठमाडौँ, ४ माघ । सङ्खुवासभाबाट ज्यान मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका अनुसार खाँदबारी

काठमाडौँ, ४ माघ । रुपन्देहीको सियारी गाउँपालिका–७ हिरागञ्जस्थित न्यु कामना इँटा उद्योगमा कार्यरत एक मजदुरको कुटपिटबाट मृत्यु भएको छ ।