नागरिकका गुनासो सुन्न गाउँ–गाउँमा प्रशासन

अछाम, ३० मंसिर । जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय अछामले नागरिकका समस्या सुन्न र सेवा प्रवाहबारे जानकारी गराउने उद्देश्यले जिल्लाका १० वटै स्थानीय तहमा अन्तरक्रिया तथा छलफल सुरु गरेको छ । 

सोही अभियानअन्तर्गत शुक्रबार चौरपाटी गाउँपालिकामा एक कार्यक्रम आयोजना गरियो । सो अवसरमा जिल्ला प्रशासन र प्रहरी प्रमुखले आफू मातहत र कार्यालयबाट प्रदान गर्ने सेवाबारे जानकारी प्रदान गरे । प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले समाजका कुरीति तथा कुसंस्कारविरुद्ध सबैलाई सचेत पार्ने उद्देश्यले सबै पालिकामा सचेतनामुलक कार्यक्रम गरिएको बताए । सो अवसरमा उनले जिल्ला प्रशासन कार्यालयबाट प्रदान हुने सेवा प्रवाहका साथै ऐन, निर्देशिका, कार्यविधिलगायत विषयमा जानकारी गराए ।

उनले स्थानीय नागरिक तथा स्थानीय तहका जनप्रतिनिधिले नागरिकता, महिला हिंसा, बालबिवाह, छुवाछूत, लागुऔषधलगायत समाजिक कुसंस्कारलाई कम गर्न सुरक्षा निकायको महत्वपूर्ण भूमिका भएकाले सहयोग गर्नुपर्ने बताए । लागुऔषधका घटना बढ्न थालेपछि अछाम–डोटीको सिमाना चौखुट्टे र दैलेख–अछामको सिमाना बेलखेतमा सुरक्षा व्यवस्था कडा बनाइएको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायब उपरीक्षक सन्तोष पाठकले बताए ।
    
गाउँपालिका अध्यक्ष भिमबहादुर साउदले नागरिकलाई सचेत बनाउने उद्देश्यले सबै वडामा सचेततामुलक कार्यक्रम सञ्चालनको तयारी भएको बताए । अछामको चौरपाटी गाउँपालिका र डोटिको पूर्वीचौकी गाउँपालिकाबीच समन्वय गरी लागुऔषध न्यूनीकरण र रोकथामका लागि कडाइका साथ अभियान सञ्चालन गरिने उनको भनाइ छ । रासस

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २९ पौष । मन्त्रिपरिषद्को बैठकका निर्णय सार्वजनिक भएको छ । पौष २६ गते बसेको मन्त्रिपरिषद्को बैठकले निर्णय सरकारका प्रवक्ता

काठमाडौँ, २९ पौष । राष्ट्रपति रामचन्द्र पौडेलले आज नवनिर्मित संसद् भवनको निरीक्षण गरेका छन् । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे

काठमाडौँ, २९ पौष । आज दिउँसो २ बजे बस्ने भनिएको नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक स्थगित भएको छ । केन्द्रीय

काठमाडौँ, २९ पौष । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आकस्मिक तथा भर्ना भएका बिरामी रेफर गर्दा पहिलो स्वास्थ्य संस्थालाई जिम्मेवार बनाउने