नयाँ दलप्रति आकर्षित छैनन् : उपमहासचिव गुरुङ

तेह्रथुम, ३० मंसिर । नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले जनता नयाँ दलप्रति आकर्षित नरहेको सन्देश यात्रामा पाएको बताएका छन् ।

शनिवार तेह्रथुमको आठराई गाउँपालिकामा न्युज एजेन्सी नेपालसँगको कुराकानीमा एमालेको झुलाघाट—चिवाभञ्ज्याङ यात्राले नागरिकमा जनताको क्रेज अत्याधिक रहेको पाएको पनि दाबी गरे । उनले एमाले पुरानो पार्टी भयो भन्नेहरुलाई यात्राबाटै जनताले जवाफ दिएको बताए ।  उनले वर्तमान सरकारले विकास निर्माणका कुनै काम अघि बढाउन नसकेको बताए । उनले राजनीतिक रुपले मध्ये पहाड क्षेत्र धेरै उर्बर रहेको पाएको बताए ।

उनले भने, ‘राजतन्त्रको पक्षमा मानिसहरु देखिएन । एमालेप्रतिको क्रेज देखियो । नयाँ दलहरु जो भनिएको छ, पार्टीहरु भन्ने गरिएको छ, एमाले पुरानो पार्टी भयो भन्नेहरुलाई पनि एउटा जवाफ दिइएको छ । जनताको बीचमा नयाँ पार्टीहरुको कुनै क्रेज देखिएन ।’ 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ असोज । लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीले शुक्रवार शीतल निवासमा आयोजित एक समारोहका बिच आर्थिक वर्ष २०८०–०८१

काठमाडौँ, ४ असोज । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुव्वा गुरुङले अहिले राजनीति अपराधिकरण र फोहोरी खेल बढेर गएको बताएका

काठमाडौँ, ४ असोज । रास्वपा सभापति रवि लामिछानेसँग संसदीय विशेष समितिले लिएको बयानसहितको प्रतिवेदन सार्वजनिक भएको छ । संसदीय समितिले

काठमाडौँ, ४ असोज । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीलाई डेंगु सङ्क्रमण भएको छ । सङ्क्रमित मन्त्री अधिकारी अहिले