राप्रपाको केन्द्रीय समितिको बैठक भोलिदेखि

काठमाडौँ, ३० मंसिर । राप्रपाको केन्द्रीय समितिको बैठक भोलिदेखि सुरू हुनेछ ।

भोलिदेखि तीन दिनसम्म चल्ने बैठक धुम्बाराहीस्थित एसआर ब्यांक्वेटमा बस्ने राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए ।

भोलि बिहान ८ बजेदेखि सुरू हुने बैठकमा अध्यक्ष राजेन्द्र लिङदेनले समसामयिक राजनीतिक परिस्थितिको समीक्षा, पार्टीको रणनीति र भावी कार्यदिशाबारे ब्रिफिङ गर्नेछन् । बैठकमा सचिवालय र कोषाध्यक्षको प्रतिवदेन पनि प्रस्तुत हुनेछ ।  बैठक विभिन्न निर्णय गर्दै पौष ३ गते समापन हुने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भक्तपुर, ४ माघ । भक्तपुरमा एक पुरुष मृतावस्थामा फेला परेका छन् । शुक्रबार बिहान मध्यपुर ठिमी नगरपालिका वडा नं. १

काठमाडौँ, ४ माघ । सोलुखुम्बुबाट हराएका एक विदेशी नागरिकलाई प्रहरीले उद्धार गरेको छ । बाटो बिराएर हराएका जर्मनी नागरिकलाई उद्धार

काठमाडौँ, ४ माघ । सङ्खुवासभाबाट ज्यान मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका अनुसार खाँदबारी

काठमाडौँ, ४ माघ । रुपन्देहीको सियारी गाउँपालिका–७ हिरागञ्जस्थित न्यु कामना इँटा उद्योगमा कार्यरत एक मजदुरको कुटपिटबाट मृत्यु भएको छ ।