मनाङ र मुस्ताङमा पानीसमेत जम्न थाल्यो

काठमाडौँ, ३० मंसिर । चिसोले हिमाली जिल्ला मनाङ र मुस्ताङका माथिल्ला भेगका बस्ती रित्तिँदै गएका छन् । चिसो छल्न गाउँलेहरू धमाधम सहरतिर झरिरहेको स्थानीयले बताएका छन् । तापक्रम निकै नै ओरालो लाग्दै जाँदा खोलानालाको पानीसमेत जम्न थालेको छ । चिसोले जमेपछि पाइपको धारामा पानी आउन छाडेको छ । हिमाली जिल्ला मनाङमा रातिको तापक्रम माइनस १७ डिग्रीसम्म ओर्लेको छ ।

मनाङ सदरमुकाम चामेसमेत यतिबेला सुनसान बन्दै गएको छ । मनाङका प्रमुख जिल्ला अधिकारी सुवासकुमार लामिछानेका अनुसार अहिले सदरमुकाम चामेको तापक्रम रातिको समयमा माइनस १७ डिग्रीमा झर्ने गरेको छ । दिउँसोमा भने तापक्रम शून्यमा भरेको छ । ‘चिसो अधिक बढेको छ । रातिको तापक्रम माइनस १७ डिग्रीमा झर्ने गर्छ,’ लामिछानेले भने, ‘दिउँसोमा भने केही न्यानो हुन्छ । दिउँसोको समयमा घाम लाग्दा केही न्यानो त हुन्छ तर लामो समय घाम लाग्दैन ।’ उनका अनुसार मुहानमा जमेपछि पाइपबाट पानी आउनै छाडेको छ । आजको नागरिक दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ माघ । बजारमा ब्रोकाउलीको मूल्य घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज ब्रोकाउलीको मूल्य

काठमाडौँ, ६ माघ । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–६ मा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार

काठमाडौँ, ६ माघ । बजारमा गोलभेँडाको मूल्य घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार गोलभेँडाको मूल्य एकैदिन

काठमाडौँ, ६ माघ । धादिङमा २६ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा निलकण्ठ