काठमाडौँका यी स्थानमा आज बिजुली नआउने 

काठमाडौँ, ३० मंसिर । नेपाल विद्युत् प्राधिकरणले आज बिहान काठमाडौँका विभिन्न स्थानमा विद्युत् आपूर्ति बन्द गर्ने भएको छ । 

प्राधिकरणका अनुसार टेकुस्थित सबस्टेसनमा नयाँ ४५ एमभीए क्षमताको ट्रान्सफर्मर स्तरोन्नति गर्न लागिएकाले काठमाडौँका विभिन्न स्थानमा विद्युत् आपूर्ति बन्द हुन लागेको हो । उक्त सबस्टेसनबाट विद्युत् सेवा आपूर्ति हुने स्वास्थ्य सेवा विभाग परिसर, भिमसेनस्थान, रामघाट, मरुहिटी, ढोकाटोल, क्षेत्रपाटी चोक, ढल्को, ब्रम्हटोल, जैसीदेवल चोकसम्म विद्युत् आपूर्ति बन्द हुने जनाइएको छ ।

त्यस्तै ज्याबहाल, चिकुमङ्गल, झोसे, ओमबहाल, भोटेबहाल, यङ्गाल, लगन, महाबौध्द, भोटाहिटी, असन, बाङ्गेमुढा, ईन्द्रचोक, सुन्धारा, सेन्ट्रल जेल, रङ्गशाला अगाडि, न्युरोड, बसन्तपुर दरबार स्क्वायर, रविभवन, सोल्टीमोड, सुनारगाउँ, आर्मी हस्पिटल, नख्खु चोक, बागडोल, धोबिधारा, मलपोखरी, धोबिघाटलगायतका क्षेत्रमा विद्युत् कटौती हुनेछ । शनिबार बिहान नौ बजेदेखि दिउँसो १ बजेसम्म विद्युत् आपूर्ति बन्द हुने जानकारी दिँदै प्राधिकरणले आज एक सूचनामार्फत त्यसबाट सेवाग्राहीमा पर्न जाने असुविधाप्रति क्षमा मागेको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ जेठ । जनता समाजवादी पार्टी (जसपा) नेपालले जनकपुरमा हुने प्रथम राष्ट्रिय महाधिवेशन प्रतिनिधि निर्वाचन गर्न सातै प्रदेश समितिमा

काठमाडौँ, ८ जेठ । वीरगन्ज महानगरपालिकाले चालु आर्थिक वर्षको १० महिनामा रु ३९ करोड ८० लाख ३४ हजार ११९ रकम राजस्व

काठमाडौँ, ८ जेठ । सहकारीको रकम अपचलन, ठगी र हिनामिना लगायतका विषयमा छानबिनका लागि गठन गर्ने संसदीय समितिको कार्यादेश टुङ्गो

काठमाडौँ, ८ जेठ । संघीय संसद्अन्तर्गत दुवै सदन अर्थात् प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ ।प्रतिनिधिसभाको बैठक बिहान ११