आजको राशिफल

काठमाडौँ, ३० मंसिर । आज २०८० साल मंसिर ३० गते शनिबारको राशिफल । 

मेष : दिन राम्रो छ। धार्मममा मन जानेछ । कर्मको फल राम्रो पाइने छ । अधुरा कामले निकास पाउने छन्। शुभ समाचार सुन्ने योग छ ।

वृष : विद्याको क्षेत्रमा सफलता मिल्नेछ। आफन्तको सहयोग मिल्नेछ। आफ्नै बोलीको फन्दामा पर्ने सम्भावना छ।

मिथुन : रोग बढ्नेछ। आम्दानी र खर्च बराबर हुने देखिन्छ।

कर्कट : प्रतिस्पर्धी सक्रिय छन्। सचेत भएर दैनिकी चलाउनुपर्नेछ। परिवारको साथ पाइनेछ।

सिंह : परिवार सुख हुनेछ। आफन्तसँग सतर्क रहेर प्रतिस्पर्धामा अगाडि बढ्नुहोला। रोगबाट मुक्त हुने योग छ।

कन्या : अधुरा कामहरु पूरा हुनेछन्। शिक्षामा गरेको लगानीबाट उत्साह मिल्नेछ।

तुला : पारिवारिक सुख मिल्नेछ। अध्ययन अध्यापनमा बाधा हुने देखिन्छ। स्वास्थ्यमा समस्या छ।

वृश्चिक : आफ्नै बोलीका कारण अफ्ठ्यारोमा पर्ने देखिन्छ। परिवार सुख प्राप्त हुनेछ। राजनीतिमा राम्रो हुनेछ।

धनु : रोग बढ्नेछ। भाग्य उदयको दिन भए पनि खर्च बढ्नेछ।

मकर : अधुरा काम बन्नेछन्। आयआर्जन बढ्नेछ।

कुम्भ : बोलीमा मिठास आउनेछ। सोचेका काम अधुरा रहनेछन्।

मीन : उन्नति प्रगति हुनेछ। सामाजिक क्षेत्रमा सहयोग मिल्नेछ। दाम्पत्य जीवन सफल रहेको छ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भक्तपुर, ४ माघ । भक्तपुरमा एक पुरुष मृतावस्थामा फेला परेका छन् । शुक्रबार बिहान मध्यपुर ठिमी नगरपालिका वडा नं. १

काठमाडौँ, ४ माघ । सोलुखुम्बुबाट हराएका एक विदेशी नागरिकलाई प्रहरीले उद्धार गरेको छ । बाटो बिराएर हराएका जर्मनी नागरिकलाई उद्धार

काठमाडौँ, ४ माघ । सङ्खुवासभाबाट ज्यान मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका अनुसार खाँदबारी

काठमाडौँ, ४ माघ । रुपन्देहीको सियारी गाउँपालिका–७ हिरागञ्जस्थित न्यु कामना इँटा उद्योगमा कार्यरत एक मजदुरको कुटपिटबाट मृत्यु भएको छ ।