धनुषामा माेटरसाइकल दुर्घटना: दुईकाे मृत्यु, एक जना घाइते

धनुषा, २९ मंसिर । धनुषामा मोटरसाइकल दुर्घटनामा परि दुई जनाकाे मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । तीनजना चढेकाे मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै ज्यान गएकाे जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आज बिहान जनकपुरधामबाट ढल्केबर जाँदै गरेको प्रदेश २–०२–००२प ४०९२ नम्बरको मोरसाइकल लक्ष्मीनियाँ गाउँपालिका–४ सपहीमा अनियन्त्रित भएर दुर्घटना भएकाे हाे । 

ज्यान गुमाउनेमा धनुषा कमला नगरपालिका–८ का २५ वर्षीय भरत सहनी र विदेह नगरपालिका–१ का ३० वर्षीय जयकुमार सहनी रहेका जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक रञ्जन अवालेले जानकारी दिनुभयो । उहाँका अनुसार त्यही मोटरसाइकलमा रहेका जनकपुरधाम उपमहानगरपालिका–१२ का शत्रुधन सहनी गम्भीर घाइते भएका छन् । सहनीको जनकपुरधाममा उपचार हुन नसकेपछि थप उपचारका लागि काठमाण्डाैकाे न्युरो अस्पताल सिफारिस गरिएको अवालेले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्य बीमा सुधार सुुझाव कार्यदलको प्रतिवेदनका आधारमा यथाशिघ्र सुधारको कार्ययोजना बनाउन स्वास्थ्य

काठमाडौँ, ६ माघ । भीम रावलका पक्षमा खुलेका दुई नेतालाई नेकपा (एमाले) कैलाली जिल्ला कमिटीले कारबाही गरेको छ । एमाले जिल्ला कमिटी

काठमाडौँ, ६ माघ । नेपाली कांग्रेसले पार्टीका कोशी प्रदेश सभापति एवम् प्रदेशसभा संसदीय दलका नेता उद्धव थापामाथि भएको आक्रमणप्रति घोर

काठमाडौँ, ६ माघ । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का महासचिव शंकर पोखरेलले राजनीतिक रूपमा सबै दलहरूबीच सहमति भएमा तत्काल संविधान संशोधन हुने