काठमाडौँका विभिन्न स्थानमा शनिबार बिजुली काटिने

काठमाडौँ, २९ मंसिर । नेपाल विद्युत् प्राधिकरणले शनिबार बिहान काठमाडौँका विभिन्न स्थानमा विद्युत् आपूर्ति बन्द गर्ने भएको छ ।

प्राधिकरणका अनुसार टेकुस्थित सबस्टेसनमा नयाँ ४५ एमभीए क्षमताको ट्रान्सफर्मर स्तरोन्नति गर्न लागिएकाले काठमाडौंका विभिन्न स्थानमा विद्युत् आपूर्ति बन्द हुन लागेको हो । उक्त सबस्टेसनबाट विद्युत् सेवा आपूर्ति हुने स्वास्थ्य सेवा विभाग परिसर, भीमसेनस्थान, रामघाट, मरुहिटी, ढोकाटोल, क्षेत्रपाटी चोक, ढल्को, ब्रम्हटोल, जैसीदेवल चोकसम्म विद्युत् आपूर्ति बन्द हुने जनाइएको छ ।

त्यस्तै, ज्याबहाल, चिकुमंगल, झोसे, ओमबहाल, भोटेबहाल, यंगाल, लगन, महाबौध्द, भोटाहिटी, असन, बांगेमुढा, इन्द्रचोक, सुन्धारा, सेन्ट्रल जेल, रंगशाला अगाडि, न्यूरोड, बसन्तपुर दरबार स्क्वायर, रविभवन, सोल्टीमोड, सुनारगाउँ, आर्मी हस्पिटल, नख्खु चोक, बागडोल, धोबिधारा, मलपोखरी, धोबिघाटलगायतका क्षेत्रमा विद्युत् कटौती हुनेछ । शनिबार बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म विद्युत् आपूर्ति बन्द हुने जानकारी दिँदै प्राधिकरणले आज एक सूचनामार्फत त्यसबाट सेवाग्राहीमा पर्न जाने असुविधाप्रति क्षमा मागेको छ । रासस

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ फागुन । सत्तापक्षका केही दलको साथ नपाएपछि सरकारले भूमिसम्बन्धी अध्यादेश तत्काल अघि नबढाउने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा

काठमाडौँ, ४ फागुन । बागमती प्रदेश सरकारले आफ्ना यातायात व्यवस्था कार्यालयमा रहेका करिब २३ लाख सवारी साधनका ढड्डा, फाइल तथा

हेटौँडा, ३ फागुन । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देश र जनताप्रति इमानदार भएर

काठमाडौँ, ३ फागुन । पोखरा भ्रमण वर्ष घोषणा कार्यक्रममा उडाउन लागिएको बेलुनको गुच्छा पड्किँदा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल घाइते