अवैध हतियार र लागुऔषधसहित दुई जना पक्राउ

काठमाडौँ, २९ मंसिर । अवैध हतियार र लागुऔषधसहित दुई जना पक्राउ परेका छन् ।

उनीहरुलाई भक्तपुर प्रहरीले बिहीबार सूर्यविनायक नगरपालिका–१० बाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा इलाम घर भएका ४१ वर्षीय चिरन्जीवी सिन्चुरी र नवलपुर घर भएका ३१ वर्षीय लेख बहादुर कार्की रहेका छन् । 

उनीहरुको साथबाट ५ राउण्ड गोलीलोड भएको म्याग्जीनसहितको पेस्तोल र लागुऔषध खैरौ हेरोइन ५ ग्राम फेला परेको प्रहरी उपरीक्षक मिलन केसीले जानकारी दिए । उनीहरुमाथि आवश्यक कारबाही तथा थप अनुसन्धानको लागि प्रहरी वृत जगाती भक्तपुरमा पठाइएको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ फागुन । हिमालय टिभीमा प्रसारण हुने सांगीतिक रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापा

काठमाडौँ, १ फागुन । चलचित्र ‘आ बाट आमा’ले नेपाली बक्सअफिसमा राम्रो कमाई गरिहेको छ । १४ दिनमा घरेलु बक्सअफिसमा सात करोड

काठमाडौँ, १ फागुन । वरिष्ठ कलाकार निर शाहले फिल्म ‘कमला मिस’ निर्देशन गर्ने भएका छन् । मनोवैज्ञानिक विषयवस्तुमा आधारित नयाँ

काठमाडौँ, १ फागुन । आजबाट तीनवटा चलचित्र प्रदर्शनमा आएका छन् । ‘श्री बुकुरो : द होम कलिङ’, ‘बिगुल’ र ‘शिवांश :