अवैध हतियार र लागुऔषधसहित दुई जना पक्राउ

काठमाडौँ, २९ मंसिर । अवैध हतियार र लागुऔषधसहित दुई जना पक्राउ परेका छन् ।

उनीहरुलाई भक्तपुर प्रहरीले बिहीबार सूर्यविनायक नगरपालिका–१० बाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा इलाम घर भएका ४१ वर्षीय चिरन्जीवी सिन्चुरी र नवलपुर घर भएका ३१ वर्षीय लेख बहादुर कार्की रहेका छन् । 

उनीहरुको साथबाट ५ राउण्ड गोलीलोड भएको म्याग्जीनसहितको पेस्तोल र लागुऔषध खैरौ हेरोइन ५ ग्राम फेला परेको प्रहरी उपरीक्षक मिलन केसीले जानकारी दिए । उनीहरुमाथि आवश्यक कारबाही तथा थप अनुसन्धानको लागि प्रहरी वृत जगाती भक्तपुरमा पठाइएको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भक्तपुर, ४ माघ । भक्तपुरमा एक पुरुष मृतावस्थामा फेला परेका छन् । शुक्रबार बिहान मध्यपुर ठिमी नगरपालिका वडा नं. १

काठमाडौँ, ४ माघ । सोलुखुम्बुबाट हराएका एक विदेशी नागरिकलाई प्रहरीले उद्धार गरेको छ । बाटो बिराएर हराएका जर्मनी नागरिकलाई उद्धार

काठमाडौँ, ४ माघ । सङ्खुवासभाबाट ज्यान मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका अनुसार खाँदबारी

काठमाडौँ, ४ माघ । रुपन्देहीको सियारी गाउँपालिका–७ हिरागञ्जस्थित न्यु कामना इँटा उद्योगमा कार्यरत एक मजदुरको कुटपिटबाट मृत्यु भएको छ ।