नेपाललाई शैक्षिक केन्द्र बनाउनुपर्छ : मन्त्री गुरुङ

काठमाडौँ, २९ मंसिर । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले नेपाललाई शैक्षिक केन्द्र बनाउनुपर्ने बताएका छन् ।  

शुक्रबार काठमाडौँमा निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन, नेपाल (प्याब्सन) ले आयोजना गरेको दुई दिने अन्तर्राष्ट्रिय सम्मेलनमा बोल्दै उनले उनले  नेपाललाई एजुकेसनल हब बनाउनसके र नेपालमा गुणस्तरीय शिक्षा प्रदान गर्नसके नेपालको स्तर माथि उठ्ने दाबी गरे । उनले शिक्षा विधेयक ल्याउनलाई प्रसव पीडा भोग्नुपरेको बताए । उनले शिक्षा विधेयक अहिले सबै सरोकारवाला निकायहरुसँग छलफल गरी संसदीय समितिमा रहेको बताए । उनले छिटो ल्याउनुपर्ने शिक्षा विधेयक ल्याउन ढिलाइ भइरहेको पनि बताए ।

कार्यक्रममा बोल्दै प्याब्सनका अध्यक्ष डिके ढुंगानाले प्याब्सनको एकमात्रै ध्येय नेपालको शिक्षालाई अन्तर्राष्ट्रिय स्तरमा पु¥याउनु रहेको बताए । उनले सवा लाख विद्यार्थी विदेश जाने नभई सवा लाख विद्यार्थी नेपाल भित्र्याउने ध्येय प्याब्सनको रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ माघ । रुपन्देहीको सियारी गाउँपालिका–७ हिरागञ्जस्थित न्यु कामना इँटा उद्योगमा कार्यरत एक मजदुरको कुटपिटबाट मृत्यु भएको छ ।

काठमाडौँ, ४ माघ । काठमाडौँको शंखरापुर नगरपालिका– ३ लप्सीफेंदीको बोझेनीमा स्थानीय र प्रहरीबीच फेरि तनाव सिर्जना भएको छ । नेपाल

काठमाडौँ, ४ माघ । चितवनको रत्ननगर नगरपालिकाबाट एक किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । जिल्ला

काठमाडौँ, ४ माघ । सिन्धुलीमा माइक्रोबस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् ।