काठमाडौँ, २९ मंसिर । जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टी सदस्यता वितरण तथा नविकरणको अभिलेख केन्द्रीय कार्यालयमा पठाउन परिपत्र जारी गरेको छ ।
केन्द्रीय कार्यकारिणी समितिको बैठकका निर्णय सर्कुलर गर्दै जसपाले सबै मातहत समितिलाई यथासिघ्र सदस्यहरुको अभिलेख पठाउन भनेको हो । साथै बाँकी रहेका पार्टी समिति र भ्रातृ संगठनलाई पार्टी विधान अनुरुप हुने गरी गठन, पुनर्गठन गर्न भनेको छ । पुनर्गठनका लागि पुस मसान्तसम्मको समयसीमा निर्धारण गरिएको छ ।