एनसिएलमा अर्बौं अर्ब घोटाला भएको छ : नेता कोइराला

विराटनगर, २८ मंसिर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले  पार्टी संसदीय दलको नेता परिवर्तन गर्नका लागि आफूसँग पर्याप्त संख्या नभएको बताएका छन् ।

विराटनगर विमानस्थलमा बिहीबार संचारकर्मीहरुसँग कुरा गर्दै कोइरालाले भने, ‘लोकतन्त्रमा अंकको खेल हुन्छ । हामीसँग दलको नेता फेर्ने संख्या छैन ।’ उनले नेकपा माओवादी नेतृत्वको सरकार परिवर्तन गर्नुपर्नेमा जोड दिए । माओवादी नेतृत्वको सरकारले जनताका समस्या समाधान गर्न नसकेको उनको आरोप थियो । ‘सरकारसँग जनता निराश भएका छन् । जताततै व्यथिति मौलाएको छ, भ्रष्टाचार बढेको छ,’ उनले भने, ‘जतिसक्दो चाँडो सरकार परिवर्तन गर्नुपर्छ र सरकारको नेतृत्व कांग्रेसले लिनुपर्छ । अहिलेको नेतृत्वबाट देशले निकास पाउँदैन ।’ 

त्यस्तै नेता कोइरालाले राजनीतिक नेतृत्व, व्यापारी र कर्मचारीको मिलेमतोबिना एनसिएल प्रकरणमा हुनै नसक्ने ठोकुवा गरे । ‘एनसिएलमा एक–दुई अर्ब होइन अर्बौं अर्ब घोटाला भएको छ,’ कोइरालाले भने, ‘यति ठूलो घोटालामा राजनैतिक नेतृत्व, व्यापारी र कर्मचारीको मिलेमतोबिना हुनै सक्दैन । कस–कसको संलग्नता छ भनेर बिस्तारै अनुसन्धानले खुल्दै जाला ।’ नेता कोइरालाले कोशी प्रदेशमा देखिएको विवाद वार्ता र संवादबाट टुंगो लगाउनुपर्नेमा जोड दिए । पहिचानवादीहरुसित वार्ताको टेबलमा बसेर विवाद मिलाउन उनले सुझाव दिए । ‘कोशी नामका विषयमा विवाद छ । त्यसलाई असन्तुष्ट पक्षसित बसेर समाधान गर्नुपर्छ,’ उनले भने । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १८ मंसिर । साहब आलमको उत्कृष्ट बलिङप्रेरित काठमाण्डू गोर्खाज नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको प्लेअफमा पुग्ने दोस्रो टिम

काठमाडौँ, १८ मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणमा पोखरा ऐभेन्जर्सले काठमाण्डू गोर्खाजविरुद्ध फिल्डिङ गर्ने भएको छ ।  आज

काठमाडौँ, १८ मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेल हुँदैछन् । कीर्तिपुरको त्रिवि क्रिकेट रङ्गशालामा आज हुने

काठमाडौँ, १७ मंसिर । नेपाल प्रिमियर लिग (एनपीलएल) क्रिकेटमा आज विराटनगर किंग्स र लुम्बिनी लायन्सले खेल्दैछन् । सन्दीप लामिछानेको कप्तानीमा रहेको