गठबन्धन कुहिएको फल हो, आफैँ झर्छ: अध्यक्ष ओली

भोजपुर, २७ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनलाई कुहिएको फलको संज्ञा दिँदै आफैँ झर्ने बताएका छन् । 

एमालेले मध्य पहाडी पुष्पलाल लोकमार्गमा सुरु गरेको ‘झुलाघाट—चिवाभञ्ज्याङ सङ्कल्प यात्रा’ अन्तरगत बुधवार भोजपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आफ्नै कारणले गठबन्धन भत्किने टिप्पणी गरेका हुन् । उनले कांग्रेस र माओवादीलाई विदेशीले मिलाइदिएको जिकिर गर्दै विदेशीले बनाइदिएको सरकारबाट देश बन्न नसक्ने बताए । 

सिंगो पार्टी नेतृत्व अभियानमा लागेको उल्लेख गर्दै ओलीले आगामी निर्वाचनमा कुनै पनि पार्टीले एमालेसँग एक्लै लड्न नसक्ने जिकिर गरे । ‘आगामी निर्वाचनमा एक्लै एमालेसँग लड्न त के हेर्न पनि सक्दैन’, ओलीको भनाइ थियो । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ जेठ । काठमाडौँ महानगरका मेयर बालेन शाहले कान्स फिल्म फेस्टिभलमा आयोजित हलिउड फिल्म ‘मेगालोपोलिस’को रेडकार्पेट वर्ल्ड प्रिमियरमा भाग

काठमाडौँ, ५ जेठ । ‘तारक मेहता का उल्टा चश्मा ’का अभिनेता गुरचरण सिंह तीन सातापछि शुक्रबार घर फर्किएका छन् ।

काठमाडौँ, ४ जेठ । बिहीबार रातिको कान्स फिल्म फेस्टिभलको रेडकार्पेटमा बलिउड अभिनेत्री ऐश्वर्या रायले विश्वको ध्यान पुनः आफ्नो सौन्दर्यतर्फ केन्द्रित

काठमाडौँ, ४ जेठ । वैवाहिक बलात्कारको मुद्दामा प्रहरी नियन्त्रणमा रहेका गायक रवि ओड धरौटीमा रिहा भएका छन् । कञ्चनपुर प्रहरीका कञ्चनपुर