५० परिवारलाई ग्यास चुलो वितरण

चितवन, २७ मंसिर । माडीको अयोध्यापुरी मध्यवर्ती सामुदायिक वन उपभोक्ता समितिमा आश्रित ५० घरधुरीलाई ग्यास चुलो वितरण गरिएको छ । माडी नगरपालिका प्रमुख ताराकुमारी काजी महतोले मंगलबार एक कार्यक्रमबीच चुलो र ग्यास हस्तान्तरण गरेकी हुन् ।

राष्ट्रिय प्रकृति संरक्षण कोषको आर्थिक सहयोगमा वनमा आश्रित विपन्न परिवारलाई चुलो हस्तान्तरण गरिएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए । वनमा आश्रितलाई वनसँगको परनिर्भरता हटाउनका लागि ग्यास र चुलो हस्तान्तरण गरिएको हो । उनले भने, “वनसँगको परनिर्भरता हटाउन, वन जाने समय बचत गराउन र वनमा जाँदा हुने मानवीय क्षति कम गर्नका लागि यो कार्यक्रम गरिएको हो ।”

माडी नगरपालिका वडा नम्बर ८ र ९ मा बसोबास गर्ने उनीहरुलाई सामग्री हस्तान्तरण गरिएको उनले जानकारी दिए । चुलो हस्तान्तरण समारोहमा प्रमुख महतोले वनसँगको परनिर्भरताले वन्यजन्तु र मानव बीचको द्वन्द्व बढाउने हुँदा यसको अन्त्य गर्दै जानुपर्ने बताए । वनमा आवतजावत हुँदा मानवीय क्षतिसमेत हुने हुँदा नगरपालिकाले सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको उनको भनाइ थियो ।

कार्यक्रममा चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष प्रकाश ढुंगाना, राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहा प्रमुख रचना शाह, अयोध्यापुरी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष शिवजी गायक लगायतले संरक्षणमा स्थानीय सहभागिता आवश्यक रहेको बताए । रासस

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० असार । चालु आर्थिक वर्ष २०८१/८२ को जेठ मसान्तसम्म (११ महिना) मा ६ अर्ब ६६ करोड रुपैयाँको आलु

काठमाडौँ, १० असार । बजारमा लिचीको भाउ बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजारमा विकास समितिका अनुसार लिचीको भाउ

रौतहट, १० असार । जिल्ला प्रहरी कार्यालय, रौतहटले अदालतको फैसलाबाट दोषी ठहर भई फरार रहेका १३ जना प्रतिवादीलाई पक्राउ गरेको

काठमाडौँ, १० असार । कान्ति लोकपथ र सिद्धिचरण लोकमार्ग अवरुद्ध भएको छ । सुक्खा पहिरो खसेर कान्ति लोकपथ र बाढीका