नेप्से परिसूचकमा ३६ .८६ अङ्कको वृद्धि

काठमाडौँ, २६ मंसिर । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा ३६ दशमलव ८६ अङ्कको वृद्धि देखिएको छ । आज परिसूचक एक दशमलव ८९ प्रतिशतले बढेर एक हजार नौ सय ८५ दशमलव ४४ को विन्दुमा कायम भएको हो । 

आज विभिन्न दुई सय ९७ कम्पनीका एक करोड २४ लाख ६३ हजार एक सय ६८ कित्ता शेयर ९५ हजार चार सय ३३ पटक खरिदबिक्री हुँदा रू चार अर्ब ३० करोड ९० लाख १९ हजार एक सय ९६ बराबरको कारोबार भएको छ ।सबै समूहका उपसूचकमा हरियो देखिएको छ । सबैभन्दा धेरै होटल तथा पर्यटन समूह चार दशमलव ३३ र जलविद्युत् समूह तीन दशमलव ३० प्रतिशतले बढेको छ । आज चार कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । बोटलर्स नेपाल (बालाजु) लिमिटेड, धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेड, नेपाल रिपब्लिक मिडिया लिमिटेड र सोनापुर मिनरल्स एन्ड आयल लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो ।

अधिकांश कम्पनीको शेयर मूल्य बढ्दा २४ कम्पनीको शेयर मूल्यमा भने गिरावट देखिएको छ । सबैभन्दा धेरै सिवाइसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य पाँच दशमलव ११ प्रतिशतले घटेको छ । कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै शिवम् सिमेन्ट लिमिटेडको रू १८ करोड सात लाख ११ हजार चार सय ८८ बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने सोनापुर मिनरल्स एन्ड आयल लिमिटेडका चार लाख २९ हजार आठ सय २७ कित्ता शेयर किनबेच भएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ जेठ । काठमाडौँ महानगरका मेयर बालेन शाहले कान्स फिल्म फेस्टिभलमा आयोजित हलिउड फिल्म ‘मेगालोपोलिस’को रेडकार्पेट वर्ल्ड प्रिमियरमा भाग

काठमाडौँ, ५ जेठ । ‘तारक मेहता का उल्टा चश्मा ’का अभिनेता गुरचरण सिंह तीन सातापछि शुक्रबार घर फर्किएका छन् ।

काठमाडौँ, ४ जेठ । बिहीबार रातिको कान्स फिल्म फेस्टिभलको रेडकार्पेटमा बलिउड अभिनेत्री ऐश्वर्या रायले विश्वको ध्यान पुनः आफ्नो सौन्दर्यतर्फ केन्द्रित

काठमाडौँ, ४ जेठ । वैवाहिक बलात्कारको मुद्दामा प्रहरी नियन्त्रणमा रहेका गायक रवि ओड धरौटीमा रिहा भएका छन् । कञ्चनपुर प्रहरीका कञ्चनपुर