सरकारले साम्प्रदायिकतालाई मलजल गरिरहेको छ : अध्यक्ष ओली

ओखलढुंगा, २६ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन सरकार साम्प्रदायिकताको जगबाट उठेको आरोप लगाएका छन् ।

झुलाघाट–चिवाभञ्ज्याङ यात्रा अन्तर्गत मंगलबार ओखलढुंगाको हर्कपुरमा आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले गठबन्धन सरकार साम्प्रदायिकताको जगबाट उठेकाले उसले समाजमा साम्प्रदायिकतालाई मलजल गरिरहेको बताएका हुन् । उनले एमालेले मात्रै सामाजिक न्याय र समानता कायम गर्ने बताए । उनले नेपाली दाजुभाइ दिदिबहिनीहरु अनावश्यक भावनामा बगेका भए त्यसले देश नबन्ने भन्दै देश बनाउन बलियो राष्ट्रिय एकता र समझदारी चाहिने बताए । उनले जनताका बिचमा फाटो ल्याउने नभई राष्ट्रिय एकता हुनुपर्ने बताए । ओलीले राजनीतिमा मतभेद हुनु स्वाभाविक भएपनि ती मतभेदहरुको समाधान गर्ने वैधानिक र कानुनी प्रक्रिया रहेको बताए ।

‘अहिलेको गठबन्धन सरकार साम्प्रदायिकताको जगमा उठेको हो । त्यसकारण अहिले पनि साम्प्रदायिकताका पक्षहरुलाई भित्रभित्र बढवा दिएर चलिरहेको अवस्था छ’, अध्यक्ष ओलीले भने,  ‘त्यो सामाजिक न्याय र समानताका आधारमा सामाजिक सद्भाव र त्यो सामाजिक सद्भावका आधारमा राष्ट्रिय एकता र त्यो एकतावद्ध प्रयासबाट देशको विकास एमालेले मात्रै गर्नसक्छ ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भोजपुर, ५ असार । भोजपुरमा लोपउन्मुख वन्यजन्तु रेड पान्डा (हाब्रे) संरक्षण थालिएको छ । यहाँ रेड पान्डा पाइने स्थानको छनोट

काठमाडौँ, ५ असार । भारतसँग सीमा जोडिएका सुदूरपश्चिमका नाका हुँदै फर्कनेहरुमा कोरोना भाइरस (कोभिड–१९) को जोखिम कायमै रहेको छ ।  पश्चिमी सीमानाका

काठमाडौँ, ५ असार । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।

काठमाडौँ, ५ असार । आज द्वन्द्वमा यौन हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस नेपालमा पनि विविध कार्यक्रम गरी मनाइँदैछ ।  यौन हिंसा पीडितका