भक्तपुर, २६ मंसिर । इनारमा डुबेर एक जनाको मृत्यु भएको छ ।
चाँगुनारायण नगरपालिका-९ ताथली राममन्दिर बस्ने ५२ वर्षीय राम खड्का आफ्नै घरको इनारमा मृत फेला परेको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी बसन्त पाठकले जानकारी दिए ।
मंगलबार बिहान ८ बजेतिर उनी घरमा चिया खाएर निस्केका थिए । त्यसपछि सम्पर्कमा नआएपछि २४ वर्षीय छोरा कन्चनले खोजी गर्दा आफ्नै घरको इनारमा मृत फेला परेको देखेका थिए । उनले इनारमा मृत फेला परेको देखेपछि प्रहरीलाई खबर गरिएको थियो । प्रहरीले यस घटनाको अनुसन्धान गरिरहेको छ ।