छोराको कुटपिटबाट आमाको मृत्यु

काठमाडौँ, २६ मंसिर । भोजपुरमा छोराको कुटपिटबाट आमाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार मृत्यु हुनेमा टेम्केमैयुङ गाउँपालिका–५, खावा बस्ने ४६ वर्षीया पवित्रा देवी राई रहेकी छिन् । छोराले कुटपिट गर्दा घाइते भएकी उनलाई उपचारका लागि जिल्ला अस्पताल भोजपुर लैजाने क्रममा आइतबार दिउँसो बाटोमै मृत्यु भएको हो ।

घरायसी विवादका कारण २० वर्षीय सन्देश राईले गत मंसिर ९ गते कुटपिट गरेका थिए । सोही कारण बिरामी भएकी पवित्राको मृत्यु भएको प्रहरीले जानकारी दिए । सन्देशलाई प्रहरीले पक्राउ गरेको छ । 
 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ जेठ । काठमाडौँ महानगरका मेयर बालेन शाहले कान्स फिल्म फेस्टिभलमा आयोजित हलिउड फिल्म ‘मेगालोपोलिस’को रेडकार्पेट वर्ल्ड प्रिमियरमा भाग

काठमाडौँ, ५ जेठ । ‘तारक मेहता का उल्टा चश्मा ’का अभिनेता गुरचरण सिंह तीन सातापछि शुक्रबार घर फर्किएका छन् ।

काठमाडौँ, ४ जेठ । बिहीबार रातिको कान्स फिल्म फेस्टिभलको रेडकार्पेटमा बलिउड अभिनेत्री ऐश्वर्या रायले विश्वको ध्यान पुनः आफ्नो सौन्दर्यतर्फ केन्द्रित

काठमाडौँ, ४ जेठ । वैवाहिक बलात्कारको मुद्दामा प्रहरी नियन्त्रणमा रहेका गायक रवि ओड धरौटीमा रिहा भएका छन् । कञ्चनपुर प्रहरीका कञ्चनपुर