आजको मौसम

काठमाडौँ, २६ मंसिर । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागकाअनुसार हाल देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ । तराईका केही स्थानमा हुस्सु/कुहिरो लागेको छ ।

आज दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सफा रहने छ ।देशका पहाडी भूभागका थोरै स्थानमा हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।

त्यस्तै आज राति पहाडी भूभागका केही स्थानमा सामान्य बदली रही बाँकी भागको मौसम सफा रहने छ । देशभरको तापक्रम केही घट्न सक्ने हुँदा त्यसबाट हुनसक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउन विभागले सबैमा अनुरोध गरेको छ । आज सूर्योदय बिहान ६ बजेर ४५ मिनेट र सूर्यास्त ५ बजेर १० मिनेटमा हुनेछ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ जेठ । काठमाडौँ महानगरका मेयर बालेन शाहले कान्स फिल्म फेस्टिभलमा आयोजित हलिउड फिल्म ‘मेगालोपोलिस’को रेडकार्पेट वर्ल्ड प्रिमियरमा भाग

काठमाडौँ, ५ जेठ । ‘तारक मेहता का उल्टा चश्मा ’का अभिनेता गुरचरण सिंह तीन सातापछि शुक्रबार घर फर्किएका छन् ।

काठमाडौँ, ४ जेठ । बिहीबार रातिको कान्स फिल्म फेस्टिभलको रेडकार्पेटमा बलिउड अभिनेत्री ऐश्वर्या रायले विश्वको ध्यान पुनः आफ्नो सौन्दर्यतर्फ केन्द्रित

काठमाडौँ, ४ जेठ । वैवाहिक बलात्कारको मुद्दामा प्रहरी नियन्त्रणमा रहेका गायक रवि ओड धरौटीमा रिहा भएका छन् । कञ्चनपुर प्रहरीका कञ्चनपुर