७४ किलो गाँजासहित ५ जना पक्राउ

काठमाडौँ, २५ मंसिर । मकवानपुर र पाल्पाबाट ७४ किलो गाँजासहित ५ जना पक्राउ परेका छन् ।

मकवापुरको हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेबाट ७३ किलोग्राम र पाल्पाबाट १ किलोग्राम गरी जम्मा ७४ किलोग्राम गाँजासहित ५ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमध्ये भारत मोतिहारी बस्ने २४ वर्षीय भुषनकुमार र १५ वर्षीय किशोर रहेका छन् । डिएल ४३ एनबी ५९९४ नम्बरको भारतीय गाडीमा सवार उनीहरूलाई इलाका प्रहरी कार्यालय पशुपतिनगर र प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले करिब ४७ केजी गाँजासहित पक्राउ गरेको हो ।

यसैगरी मकवानपुर हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेस्थित चुरियामाई मन्दिर नजिकबाट २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा चितवन भरतपुर नगरपालिका–२७ बस्ने ४२ वर्षीय रोशन दमाई र खैरहनी नगरपालिका–१६ बस्ने ५२ वर्षीय डियन महतो रहेका छन् । बा १४ प ३७०८ नम्बरको कारमा सवार उनीहरुलाई प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले करिब २६ केजी गाँजासहित पक्राउ गरेको हो । 

यसैगरी पाल्पाको रैनादेवी छहरा गाउँपालिका– ७ जोगदमारबाट पनि एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा रूपन्देही सैनामैना नगरपालिका–९ बस्ने २२ वर्षीय दिपक सुनार रहेका छन् । उनलाई अस्थायी प्रहरी पोष्ट बेलबासबाट खटिएको प्रहरीले करिब १ केजी गाँजासहित पक्राउ गरेको हो । पक्राउ परेकाहरुमाथि प्रहरीले आवश्यक अनुसन्धान भैरहेको जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २ फागुन । काठमाडौँ महानगरपालिकाले बालबालिकामा निरोगात्मक स्वास्थ्य शिक्षा प्रवद्र्धन गर्न विद्यालयहरूमा साना डाक्टर कार्यक्रम सञ्चालन गर्ने भएको छ

काठमाडौँ, २ फागुन । कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले कूल मतदाता सङ्ख्यामा महिला किन कम भए भनी निर्वाचन आयोगले अध्ययन

कैलाली, २ फागुन । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको सन्दर्भमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का तर्फबाट कैलाली क्षेत्र नं. ५ का उम्मेदवार

काठमाडौँ, २ फागुन ।  नियमित रूपमा बजार अनुगमन गर्दै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एक फर्मलाई रु २०