काठमाडौँ, २४ मंसिर । कानुन न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले पार्टीहरुले निर्वाचनलाई मिसन बनाउँदा देश बिग्रिएको बताएका छन् ।
आइतबार सानेपामा पार्टीको मुखपत्र ‘नेपाल पुकार’को विमोचन कार्यक्रममा उनले निर्वाचनलाई मिसन बनाउँदा देश बिग्रिएको बताएका हुन् । पार्टीका नेता एकार्काप्रति गालीगलौजमा उत्रने गरेको उनले बताए । ‘मिसन ०८४ कता–कता सुन्छु, चुनाव जिताइदिऔँ भन्ने मिसनले देश बिग्रेको छ । कांग्रेसको मिसन सुशासन हुनुपर्छ,’ उनले भने, ‘एउटा पार्टीको नेताले अर्को पार्टीको नेतालाई गाली गर्नबाहेक केही सिकेनौँ । तर, राजनीतिक दलको साझा शत्रु गरिबी, रोग, भोक, भ्रष्टाचार हो भन्न सकेनौँ ।’
नेपाली कांग्रेसका उपसभापति समेत रहका मन्त्री गुरुङले भ्रष्टाचारको फाइल खोल्दा खोल्दै हात गलिसकेको बताए । ‘भ्रष्टाचारको फाइल खोल्दै गयो, अर्को आउँछ । फोहोरको डंगुर रहेछ, खोल्दै जाँदा हात गलिसक्यो,’ उनले भने ।