मकवानपुर, २४ मंसिर । बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।
शनिबार साँझ थाहा नगरपालिका-९ चित्लाङमा बा४ ख ८७७३ नम्बरको बसले बा.६५ प ४१७३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक सोही नगरपालिका-१० बस्ने ३० वर्षीय मनोज गमाल गम्भीर घाइते भएका थिए । काठमाडौंको ट्रमा सेन्टरमा उपचारकै क्रममा उनको मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ । मोटरसाइलकमा सवार अर्का एक जनालाई उपचारका लागि मनमोहन अस्पताल लगिएको छ । बसका चालकलाई नियन्त्रणमा लिएर दुर्घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।