सङ्क्रमणकालीन न्याय टुङ्ग्याउन निरन्तर पहल गरिरहेको छु: प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ, २४ मंसिर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सङ्क्रमणकालीन न्याय टुङ्गोमा पुर्याउन आफूले निरन्तर पहल गरिरहेको बताएका छन् ।

आइतबार ७५ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा आइतबार काठमाडौँमा सम्बोधन गर्दै उनले सङ्क्रमणकालीन न्याय टुङ्गोमा पुर्याउन ढिला भइरहेकोप्रति चिन्दा व्यक्त गरे । उनले आम राष्ट्रिय सहमति बनाउनका लागि प्रधानमन्त्रीको हैसियतले आफूले पहल गरिरहेको जिकिर गरेका छन् । यस्तै उनले आयोगका सिफारिस आउने दिनमा एक्सनमा जोड दिने, क्षतिपूर्तिमा लागि आयोगले गरेको सिफारिस कार्यान्वयनका लागि आगामी दिनमा छुट्टै बजेटको व्यवस्था गरिने प्रतिबद्धता जनाए । आरोपित व्यक्तिलाई विभागीय कारबाहीको विषयमा सरकारले बेला बेला आयोगलाई जानकारी दिएको बताए । 

उनले भने– ‘सङ्क्रमणकालीन न्याय टुङ्गोमा पुर्याउन ढिलाइ भइरहेको छ । यसलाई आम राष्ट्रिय सहमति बनाउन प्रधानमन्त्रीको हैसियतमा मैले लगातार पहल गरिरहेको जानकारी गराउन चाहन्छु । राष्ट्रिय मानवअधिकार आयोगका सिफारिसलाई सरकारले एजेन्डा बनाउने कुरामा कहीँ न कहीँ कमी गरेको आलोचना गम्भीर रूपमा उठाइयो । आयोगको ऐन बनाउने कुरा तीव्रता दिने कुरा उठाइयो । आयोगको सिफारिसलाई शत प्रतिशत कार्यान्वयन गर्ने विश्वास दिलाउन चाहन्छु ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० असार । चालु आर्थिक वर्ष २०८१/८२ को जेठ मसान्तसम्म (११ महिना) मा ६ अर्ब ६६ करोड रुपैयाँको आलु

काठमाडौँ, १० असार । बजारमा लिचीको भाउ बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजारमा विकास समितिका अनुसार लिचीको भाउ

रौतहट, १० असार । जिल्ला प्रहरी कार्यालय, रौतहटले अदालतको फैसलाबाट दोषी ठहर भई फरार रहेका १३ जना प्रतिवादीलाई पक्राउ गरेको

काठमाडौँ, १० असार । कान्ति लोकपथ र सिद्धिचरण लोकमार्ग अवरुद्ध भएको छ । सुक्खा पहिरो खसेर कान्ति लोकपथ र बाढीका