विमानस्थलबाट साढे ६ किलो सुन बरामद

काठमाडौँ, २४ मंसिर । त्रिभुवन विमानस्थल भन्सार कार्यालयले शनिवार राति पुनः साढे ६ किलो सुन बरामद गरेको छ ।

दुबईबाट अवैधरुपमा ल्याइएको सुन गएराति विमानस्थल भन्सार कार्यालयले बरामद गरेको हो ।  दुबईबाट फ्लाई दुबईको उडानमार्फत् काठमाडौं आएका इजिप्सियन नागरिक मोहमद मोगामद सालेहले भित्री ज्याकेटमा खल्ती बनाएर सुन तस्करी गरी ल्याएको पाइएको हो । त्रिभुवन विमानस्थल भन्सार कार्यालय श्रोतका अनुसार दुबईबाट फ्लाई दुबईको उडान नम्बर एफजेड ५९७ बाट आएका एक इजिप्सयन नागरिकले पाउडर बनाएर ल्याएको साढे ६ किलो सुन बरामद गरेको हो । 

विमानस्थल भन्सार कार्यालयलाई आएको गोप्य सूचनाको आधारमा चन्द्र घलेकै शैलीमा प्रहरी र भन्सारको संयुक्त टोलीले सालेहलाई नियन्त्रणमा लिएको थियो । त्यसपछि शरीर खानतलासी गर्दा सालेहले भित्री ज्याकेट बनाएर त्यसको खल्तीमा हाली पाउडरको रुपमा ल्याएको ६ किलो ५९० ग्राम सुन बरामद गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० असार । चालु आर्थिक वर्ष २०८१/८२ को जेठ मसान्तसम्म (११ महिना) मा ६ अर्ब ६६ करोड रुपैयाँको आलु

काठमाडौँ, १० असार । बजारमा लिचीको भाउ बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजारमा विकास समितिका अनुसार लिचीको भाउ

रौतहट, १० असार । जिल्ला प्रहरी कार्यालय, रौतहटले अदालतको फैसलाबाट दोषी ठहर भई फरार रहेका १३ जना प्रतिवादीलाई पक्राउ गरेको

काठमाडौँ, १० असार । कान्ति लोकपथ र सिद्धिचरण लोकमार्ग अवरुद्ध भएको छ । सुक्खा पहिरो खसेर कान्ति लोकपथ र बाढीका