महिलाहरुले आफ्नो क्षमता विकासमा ध्यान दिनुपर्छ : मन्त्री आचार्य

काठमाडौँ, २३ मंसिर । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले भ्रष्टाचार नियन्त्रणका लागि महिलालाई नेतृत्वमा पुर्‍याउनुपर्ने धारणा राखेका छन् ।

नेपाल प्रेस युनियन, महिला विभागले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा मन्त्री आचार्यले महिलाहरुले पनि आफ्नो क्षमताको विकासमा ध्यान दिनुपर्ने टिप्पणी गरे । महिलाहरु नेतृत्वमा रहेको स्थानीय तहमा भ्रष्टाचार कम भएको भन्दै उनले महिलालाई मुलुकको नेतृत्वको पु¥याउन सके भ्रष्टाचार नियन्त्रणको काम प्रभावकारी हुने बताए । मन्त्री आचार्यले महिलामाथि हुने विभेदको अन्त्य महिला मन्त्रालय एक्लैको प्रयासबाट सम्भव नहुने पनि बताए ।

उनले भने, ‘जुनसुकै स्थानीय तहमा महिलाको नेतृत्व छ भने त्यहाँ भ्रष्टाचार कम छ । त्यसैले गर्दा महिलालाई थप अधिकार दिने कुरामा हामी गम्भीर हुनैपर्छ र, महिला दिदीबहिनीहरुले पनि अधिकार माग्ने भन्दा पनि आफ्नो क्षमतामा अभिवृद्धि गर्दै जानुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० असार । चालु आर्थिक वर्ष २०८१/८२ को जेठ मसान्तसम्म (११ महिना) मा ६ अर्ब ६६ करोड रुपैयाँको आलु

काठमाडौँ, १० असार । बजारमा लिचीको भाउ बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजारमा विकास समितिका अनुसार लिचीको भाउ

रौतहट, १० असार । जिल्ला प्रहरी कार्यालय, रौतहटले अदालतको फैसलाबाट दोषी ठहर भई फरार रहेका १३ जना प्रतिवादीलाई पक्राउ गरेको

काठमाडौँ, १० असार । कान्ति लोकपथ र सिद्धिचरण लोकमार्ग अवरुद्ध भएको छ । सुक्खा पहिरो खसेर कान्ति लोकपथ र बाढीका