शैक्षिक सुधारमा पूर्वशिक्षामन्त्रीको जोड

तनहुँ, २१ मंसिर । नेपाली कांग्रेसका पूर्वसहमहामन्त्री तथा पूर्वशिक्षामन्त्री गोविन्दराज जोशीले शैक्षिक क्षेत्रमा अपेक्षित सुधार नहुँदा युवा वर्गको विदेश पलायन नरोकिएको बताउँदै त्यसमा व्यापक सुधार अपरिहार्य भएकामा जोड दिएका छन् । 

तनहुँको भानु नगरपालिका–११ मानेचौकास्थित त्रिभुवन क्याम्पसको रजत महोत्सवको बुधबार उद्घाटन गर्दै पूर्वमन्त्री जोशीले गुणस्तरीय एवं व्यावसायिक शिक्षा आजको अहिलेको आवश्यकता भएको बताए । उनले बेरोजगारी बढेपछि युवा पलायन भएका भन्दै उनीहरूलाई रोक्ने वातावरण बनाउनुपर्नेमा जोड दिए । 

कक्षा १२ पास हुने बित्तिकै नयाँ पुस्ता विदेशिने क्रम बढ्दा वैदेशिक मुद्रा सञ्चितिमा पनि त्यसले प्रभाव पारेको वास्तविकता सुनाउँदै पूर्वमन्त्री जोशीले शैक्षिक क्षेत्रको सुधार तथा व्यावसायिक शिक्षाको विकासका निम्ति सरकार गम्भीर हुनुपर्ने बताए । त्यस अवसरमा क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष टेकबहादुर गुरुङ, बिपी विचार समाजकी केन्द्रीय सदस्य बालकुमारी लोहनी, भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठी, पूर्वप्रमुख उदयराज गौली, क्याम्पस प्रमुख रवीन्द्रराज जोशीले मन्तव्य व्यक्त गरेका थिए । रासस

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३० भदौ । सभामुख डीपी अर्यालले रास्वपा सांसद खगेन्द्र सुनारले नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीविरुद्ध दिएको अभिव्यक्ति रेकर्डबाट हटाउन निर्देशन

काठमाडौँ, ३० भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ताहिर अलि भाटले साताको एक दिन आइतबार दिइँदै आएको बिदा

काठमाडौँ, ३० भदौ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले नेपालमा रोजगारीका अवसर सिर्जना गर्ने सम्भावना रहेको खर्क तथा चरन क्षेत्रको विकासमा

काठमाडौँ, ३० भदौ । प्रतिनिधिसभामा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग भेटवार्ता गरेका छन्