दीपिकाको ‘फाइटर’ लुक्ससहितको पोस्टर सार्वजनिक

काठमाडौँ, २० मंसिर । ऋतिक रोशन र दीपिका पादुकोण स्टाटर बलिउड फिल्म ‘फाइटर’ सन् २०२४ को प्रतीक्षित फिल्म हो ।

सिद्धार्थ आनन्द निर्देशित फिल्मले दीपिकाको क्यारेक्टर लुक्ससहितको पोस्टर सार्वजनिक गरेको छ । केही समयअघि निर्माण टिमले ऋतिकको लुक्स सार्वजनिक गरिसकेको छ ।

फिल्ममा दीपिका मीनल राठौरको भूमिकामा देखिंदैछिन्, जो एयर ड्रागन युनिटमा एक स्क्वाड्रन पाइलटको रुपमा काम गर्छिन् । हेलिकप्टर पाइलटको रुपमा उनको यो पहिलो मिसन हुन्छ । ‘फाइटर’लाई वायकम १८ स्टुडियो र मार्फिलक्स पिक्चर्सले निर्माण गरेका हुन् । देशभक्तिको भावनामा आधारित फिल्म भारतको ७५ औं गणतन्त्र दिवसको अवसर पारेर आगामी २५ जनवरीमा रिलिज हुने तयारीमा छ । फिल्ममा अनिल कपुरको पनि मुख्य भूमिका छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २५ भदौ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष लोकसेवा आयोगको आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदन पेश गरिएको छ । राष्ट्रपति

स्याङ्जा, २५ भदौ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टी एकताका लागि आफू अझै नरम हुन तयार रहेको बताएका छन्

काठमाडौँ, २५ भदौ । राष्ट्रिय सभा सदस्य रामकुमारी झाँक्रीले कानुन निर्माणमा राष्ट्रिय सभाका कारण अवरोध भएको भन्ने अभिव्यक्ति दिएको भन्दै

काठमाडौँ, २५ भदौ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले अदालतबाट भएका फैसलाको प्रभावकारी रूपमा कार्यान्वयन गर्न छुट्टै कानुनी