दीपिकाको ‘फाइटर’ लुक्ससहितको पोस्टर सार्वजनिक

काठमाडौँ, २० मंसिर । ऋतिक रोशन र दीपिका पादुकोण स्टाटर बलिउड फिल्म ‘फाइटर’ सन् २०२४ को प्रतीक्षित फिल्म हो ।

सिद्धार्थ आनन्द निर्देशित फिल्मले दीपिकाको क्यारेक्टर लुक्ससहितको पोस्टर सार्वजनिक गरेको छ । केही समयअघि निर्माण टिमले ऋतिकको लुक्स सार्वजनिक गरिसकेको छ ।

फिल्ममा दीपिका मीनल राठौरको भूमिकामा देखिंदैछिन्, जो एयर ड्रागन युनिटमा एक स्क्वाड्रन पाइलटको रुपमा काम गर्छिन् । हेलिकप्टर पाइलटको रुपमा उनको यो पहिलो मिसन हुन्छ । ‘फाइटर’लाई वायकम १८ स्टुडियो र मार्फिलक्स पिक्चर्सले निर्माण गरेका हुन् । देशभक्तिको भावनामा आधारित फिल्म भारतको ७५ औं गणतन्त्र दिवसको अवसर पारेर आगामी २५ जनवरीमा रिलिज हुने तयारीमा छ । फिल्ममा अनिल कपुरको पनि मुख्य भूमिका छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भक्तपुर, ४ माघ । भक्तपुरमा एक पुरुष मृतावस्थामा फेला परेका छन् । शुक्रबार बिहान मध्यपुर ठिमी नगरपालिका वडा नं. १

काठमाडौँ, ४ माघ । सोलुखुम्बुबाट हराएका एक विदेशी नागरिकलाई प्रहरीले उद्धार गरेको छ । बाटो बिराएर हराएका जर्मनी नागरिकलाई उद्धार

काठमाडौँ, ४ माघ । सङ्खुवासभाबाट ज्यान मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका अनुसार खाँदबारी

काठमाडौँ, ४ माघ । रुपन्देहीको सियारी गाउँपालिका–७ हिरागञ्जस्थित न्यु कामना इँटा उद्योगमा कार्यरत एक मजदुरको कुटपिटबाट मृत्यु भएको छ ।