तालिबानको राजदूतलाई मान्यता दिने पहिलो राष्ट्र बन्यो चीन

बेइजिङ, २० मंसिर । तालिबान सरकारले तोकेको कूटनीतिज्ञलाई चीनले अफगानिस्तानका लागि राजदूतको हैसियत दिएको छ । यस्तो गर्ने चीन पहिलो देश हो।
 
चीनले तालिबानलाई वैध सरकारको आधिकारिक दर्जा दिइसकेको छ। चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता वाङ वेनबिनलाई मंगलबार पत्रकार सम्मेलनमा ‘चीनले तालिबानलाई अफगानिस्तानको वैध सरकारको रूपमा मान्यता दिएको हो ?’ सोधिएको थियो । यस प्रश्नको जवाफमा उनले भने, ‘अफगानिस्तानलाई अन्तर्राष्ट्रिय समुदायबाट बाहिर निकाल्नु हुँदैन भन्नेमा चीन विश्वास गर्छ ।’
 
यसअघि पनि तालिवानका उम्मेदवार बिलाल करीमीलाई चीनले राजदूतको हैसियत दिएको खबर बाहिर आएको थियो । जब अगस्ट २०२१ मा अमेरिकी सेना फिर्ता भयो र तालिबान फेरि सत्तामा आयो, काबुलमा आफ्नो दूतावास कायम राख्ने पाकिस्तान र रुससँगै चीन तेस्रो देश थियो । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भक्तपुर, ४ माघ । भक्तपुरमा एक पुरुष मृतावस्थामा फेला परेका छन् । शुक्रबार बिहान मध्यपुर ठिमी नगरपालिका वडा नं. १

काठमाडौँ, ४ माघ । सोलुखुम्बुबाट हराएका एक विदेशी नागरिकलाई प्रहरीले उद्धार गरेको छ । बाटो बिराएर हराएका जर्मनी नागरिकलाई उद्धार

काठमाडौँ, ४ माघ । सङ्खुवासभाबाट ज्यान मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका अनुसार खाँदबारी

काठमाडौँ, ४ माघ । रुपन्देहीको सियारी गाउँपालिका–७ हिरागञ्जस्थित न्यु कामना इँटा उद्योगमा कार्यरत एक मजदुरको कुटपिटबाट मृत्यु भएको छ ।