मकवानपुर, १७ मंसिर । मकवानपुरको हेटौंडा–२ चौकीटोलस्थित खाद्य संस्थानको कोठाभित्र एक पुरुषको शव फेला परेको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार अन्दाजी ५४ वर्षीय पुरुषको शव शनिबार बिहान फेला परेको हो । प्रहरीले मुचुल्का उठाएर शवलाई जिल्ला अस्पतालमा लगेर राखेको छ । उनको सनाखत हुन सकेको छैन ।
मृत फेला परेका व्यक्ति बजार क्षेत्रमा प्लास्टिक बटुल्दै हिँड्नेहरुमध्येका हुन् । उनी खाद्य संस्थानको खुला कोठाभित्र सुत्ने/बस्ने गर्दथे । शनिबार उनी सुतेकै अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।