नेपालबाट ५० करोडको यार्सागुम्बा निर्यात

काठमाडौँ, १७ मंसिर । चालू आर्थिक वर्ष २०८०/८१ को चार महिनाको अवधिमा नेपालबाट ५० करोड रुपैयाँ बराबरको यार्सागुम्बा निर्यात भएको छ ।

भन्सार विभागले दिएको जानकारीअनुसार साउनदेखि कात्तिकसम्मको अवधिमा उक्त मूल्य बराबरको यार्सागुम्बा निर्यात भएको हो । यस अवधिमा ९५३ किलोग्राम यार्सागुम्बा निर्यात भएको छ । यस अवधिमा नेपालबाट विश्वका १५ वटा देशमा यार्सागुम्बाको निर्यात भएको छ । जसमध्ये सबैभन्दा धेरै हङकङमा २३ करोड ३० लाख रुपैयाँ बराबरको निर्यात भएको छ ।

यस्तै, चीनमा १८ करोड ३० लाख रुपैयाँको यार्सागुम्बा निर्यात हुँदा कम्बोडियामा ३ करोड ८ लाख रुपैयाँको निर्यात भएको छ । यसबाहेक, सिंगापुरमा १ करोड २८ लाखको निर्यात हुँदा भियतनाममा ३ करोड ४० लाख रुपैयाँको यार्सागुम्बा निर्यात भएको तथ्याङ्क छ ।

यस्तै, नेपालबाट अस्ट्रेलिया, अस्ट्रिया, चेक रिपब्लिक, ग्रिस, जापान, मलेसिया, मङ्गोलिया, रुस, बेलायत र अमेरिकामा समेत यार्सागुम्बा निर्यात हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २८ मंसिर । नेपाली सेनाले विभिन्न प्राविधिक पदका लागि भर्ना खुलाएको छ ।  भर्ना छनौट निर्देशनालयले आज एक  सूचना

काठमाडौँ, २८ मंसिर । वायुसेवा सञ्चालक संघले खुम्बु क्षेत्रमा उडान नरोक्ने जनाएको छ । सगरमाथा राष्ट्रिय निकुञ्जले हेलिकोप्टर उडानमा रोक

काठमाडौँ, २८ मंसिर । नेपाल लेयर्स कुखुरापालक संघले कुखुराको अण्डाको मूल्य बढाएको छ । बिहीबार संघको भर्चुअल माध्यमबाट बसेको बैैठकले

काठमाडौँ, २८ मंसिर । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको तरकारी र फलफूलको मूल्य यसप्रकार तोकेको छ ।