गठ्ठाघरमा खुल्यो मेलुङ थकाली किचेन

भक्तपुर, १६ मंसिर । जिल्लाको गठ्ठाघरमा आधुनिक व्यवस्थापनसहित मेलुङ थकाली किचेन खुलेको छ । उक्त स्थानमा पाँचौं मेलुङ थकाली किचेन खुलेको छ । द बर्गर हाउस एण्ड क्रन्ची फ्राईड चिकेनका संस्थापक तथा युवा व्यवसायी वसन्त लामा र दिपक लामाले गठ्ठाघरमा पाँचौं शाखा ‘मेलुङ थकाली किचेन’ आजदेखी सञ्चालनमा ल्याउनुभएको हो । उक्त किचेन दुई करोडको लगानीमा खोलिएको बताइएको छ । नेकपा एमालेका जिल्ला अध्यक्ष बचन देउजा तथा वागमती प्रदेशका सांसद किरण थापाले संयुक्त रुपमा केक काटी उद्घाटन गर्नुभयो ।

दोलखाको मेलुङ गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्षसमेत रहेका लामाले २०७२ साल चैत ३० गतेबाट सुरु गरेको द बर्गर हाउस छोटो समयमै हाल देशभर १ सय ५० वटा शाखा रहेका छन् भने ३ हजारभन्दा बढीले रोजगारी पाइरहेका छन् । यस्तै कम्पनीमा काम गर्ने कर्मचारीहरुले स्वास्थ्य बिमा, सन्जयकोष लगायतका सुविधाहरु समेत पाउने गरेका छन् ।

मेलुङ थकाली स्पेसलमा, मटन सुकुटी, मटन ह्याकुला, पाँग्रा फ्राई, भुटन, असला झोल/ग्रेभी, ट्राउट झोल/ग्रेभी, बँदेल ग्रेभी, फापरको रोटी र अतिरिक्त टपिंगमा चिकेन ग्रेभी बिग/स्मल, फिस ग्रेभी बिग/स्मल, मटन ग्रेभी बिग/स्मल लगायतका परिकारहरु पाइन्छ भने थाली सेटमा, भेज थाली, चिकेन थाली, फिस थाली, मटन थाली र बँदेल थाली । यस्तै ढिडो र मार्सी सेटमा भेज ढिडो/मार्सी, चिकेन ढिडो/मार्सी, फिस ढिडो/मार्सी, बँदेल ढिडो/मार्सी साथै कञ्चनपा, घिन्टी, राजखानी लगायतका स्पेसल परिकारहरु ग्राहकका मागअनुसार उपलब्ध गराइने संचालक लामाले बताउनुभयो ।

मेलुङ थकाली खानाका पारखीहरुलाई स्वादिष्ट, स्वास्थ्यबर्धक र अर्गानिक परिकार खुवाउने मुख्य उद्देश्यले सञ्चालन गरिएको जानकारी दिँदै सञ्चालक लामाले खानामा स्थानीय स्तरमा उत्पादनलाई विशेष प्राथमिकता दिइने र ग्राहकको माग अनुसार सेवा दिने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २० मंसिर । हाल देशमा कुनै पनि विशेष मौसम प्रणाली नरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

काठमाडौँ, २० मंसिर । आज २०८१ साल मंसिर २० गते बिहीबारको राशिफल ।  मेष : दिन राम्रो छ। शिक्षाका क्षेत्रमा गरेको प्रयास

काठमाडौँ, १९ मंसिर । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले नेपाल पाठेघरको मुखको क्यान्सर नियन्त्रणका लागि प्रतिबद्ध रहेको उल्लेख गर्दै

पाल्पा, १९ मंसिर । पाल्पामा १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् ।  जिल्ला प्रहरी