मोटरसाइकल दुर्घटनामा श्रीमती र छोरीको मृत्यु, श्रीमान् घाइते

काठमाडौँ, १४ मंसिर । मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा बिहीबार दिउँसो मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार  बिहीबार १ बजेको समयमा जिल्ला मकवानपुरगढी-२ धवाडी पुल स्थित भित्रि सडक खण्डमा सुकौराबाट कान्तिलोकपथतर्फ आउँदै गरेको प्रदेश ३-०२-०१२ प ६९११ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई सडकबाट करिब १२ मिटर तल खसेको थियो । दुर्घटनामा परेर २ जनाको घटनास्थलमै मृत्यु भएको हो । 

दुर्घटनामा मोटरसाइकलको पछाडि सवार वर्ष ३४ की रुपा स्याङ्तान र ५ महिनाको शिशुको मृत्यु भएको हो । दुर्घटनामा मोटरसाइकल चालक मकवानपुरगढी- २ कुर्ले पाखा बस्ने वर्ष ३५ को भीमबहादुर स्याङ्तान घाइते भएका छन् । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २ फागुन । काठमाडौँ महानगरपालिकाले बालबालिकामा निरोगात्मक स्वास्थ्य शिक्षा प्रवद्र्धन गर्न विद्यालयहरूमा साना डाक्टर कार्यक्रम सञ्चालन गर्ने भएको छ

काठमाडौँ, २ फागुन । कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले कूल मतदाता सङ्ख्यामा महिला किन कम भए भनी निर्वाचन आयोगले अध्ययन

कैलाली, २ फागुन । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको सन्दर्भमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का तर्फबाट कैलाली क्षेत्र नं. ५ का उम्मेदवार

काठमाडौँ, २ फागुन ।  नियमित रूपमा बजार अनुगमन गर्दै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एक फर्मलाई रु २०