विपन्न नागरिक औषधि उपचार कार्यक्रम स्वास्थ्य बीमाबाट सामाजिक सुरक्षा महाशाखामा फर्काइयो

काठमाडौँ, १४ मंसिर । स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत अब कडा रोगहरूका औषधि नपाइने भएको छ । ८ वटा कडा रोगका औषधि अब विपन्न नागरिक औषधि उपचार कार्यक्रममार्फत पाइने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

२०७९ वैशाख १ देखि स्वास्थ्य बीमा बोर्डमार्फत विपन्न नागरिक औषधि उपचार कार्यक्रममार्फत सेवा दिइएको थियो । स्वास्थ्य बीमा कार्यक्रम मार्फत पाउँदै आएको मुटु, मिर्गौला, क्यान्सर, अल्जाइमर्स, पार्किन्सन्स, हेड इन्जुरी, स्पाइनल इन्जुरी र सिकलसेल एनिमियाको औषधि उपचार सहुलियत अब नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाबाट पाइने भएको हो ।

स्वास्थ्य मन्त्रालयले कडा रोगहरूको उपचार खर्च स्वास्थ्य बीमामा आवद्ध गर्ने कार्यविधि २०७८ लाई खारेज गरी मन्त्रालय मातहत फर्काएको हो । अर्थात् स्वास्थ्य मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गरी विपन्न नागरिक औषधि उपचार कार्यक्रम सञ्चालन निर्देशिका २०८० स्वीकृत गरी लागु गरिएको हो ।  

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

तनहुँ, २५ मंसिर । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ छिर्कने देउराली सडकखण्डमा रातिको समयमा गरिएको अवरोध हटेको छ ।  मुग्लिन–पोखरा सडक

काठमाडौँ, २५ मंसिर । खोटाङमा गोलिया काठ काट्ने क्रममा रूखले किचेर एक जनाको मृत्यु भएको छ ।  रावाबेँसी–२ का वडाध्यक्ष डोलराज

काठमाडौँ, २५ मंसिर । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको तरकारी र फलफूलको मूल्य यसप्रकार तोकेको छ । 

काठमाडौँ, २५ मंसिर । हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।  विभागका अनुसार