आजको मौसम

काठमाडौँ, १४ मंसिर । हाल मुलुकमा पश्चिमी वायु र भारतको राजस्थान क्षेत्र आसपास रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार अहिले मधेस, वाग्मती, गण्डकी, लुम्बिनी प्रदेशलगायत पहाडी भूभागमा आंशिक बदली रहनुका साथै बाँकी भागको मौसम सफा रहेको छ । आज दिउँसो कोसी, मधेस, वाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशलगायत बाँकी पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने छ ।

वाग्मती, मधेस, लुम्बिनी र गण्डकी प्रदेशलगायत देशका पहाडी भूभागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ भने उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ । यस्तै आज राति कोसी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही  स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ । 

आज सूर्योदय बिहान ६ बजेर ३६ मिनेटमा भएको छ भने सूर्यास्त ५ बजेर ८ मिनेटमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २८ मंसिर । नेपाली सेनाले विभिन्न प्राविधिक पदका लागि भर्ना खुलाएको छ ।  भर्ना छनौट निर्देशनालयले आज एक  सूचना

काठमाडौँ, २८ मंसिर । वायुसेवा सञ्चालक संघले खुम्बु क्षेत्रमा उडान नरोक्ने जनाएको छ । सगरमाथा राष्ट्रिय निकुञ्जले हेलिकोप्टर उडानमा रोक

काठमाडौँ, २८ मंसिर । नेपाल लेयर्स कुखुरापालक संघले कुखुराको अण्डाको मूल्य बढाएको छ । बिहीबार संघको भर्चुअल माध्यमबाट बसेको बैैठकले

काठमाडौँ, २८ मंसिर । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको तरकारी र फलफूलको मूल्य यसप्रकार तोकेको छ ।