११ वर्षदेखि फरार प्रतिवादी पक्राउ

स्याङ्जा, १३ मंसिर । लागूऔषध ब्राउनसुगर मुद्दामा संलग्न रही ११ वर्षदेखि फरार रहेका प्रतिवादी फेदिखोला गाउँपालिका-२ बस्ने ३३ वर्षीय विशन गुरुङलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । 

तत्कालीन पुनरावेदन अदालत पोखराको २०६९ असार १७ गतेको फैसलाले ५ वर्ष कैद र १० हजार रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको प्रहरीले लुकिछिपी बसेको अवस्थामा फेदिखोलाबाट पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनका लागि  जिल्ला अदालत स्याङ्जामा पेश गरिएकोमा अदालतको आदेशले कैद भुक्तानका लागि जिल्ला कारागार स्याङ्जामा पठाएको छ ।  

यता बझाङको दुर्गाथली गाउँपालिका-४ आमरुखबाट अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थ ६ केजी ६० ग्रामसहित २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा केदारस्युँ गाउँपालिका-९ बस्ने २९ वर्षीय प्रेम बहादुर बोहरा र सोही गाउँपालिका-८ बस्ने २८ वर्षीय सुनिल बोहरा रहेका छन् । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

विराटनगर, २२ मंसिर । सङ्घीय सरकारका गृहमन्त्री रमेश लेखकले बीआरआई सहमतिमा विवाद गर्नुपर्ने कारण नभएको बताएका छन् । कांग्रेसको कोशी

काठमाडौँ, २२ मंसिर । राजधानी काठमाडौँको हावाको गुणस्तर निकै खराब अवस्थामा रहेको छ । आईक्यू एयरको शनिबार बिहान साढे ९

पाल्पा, २२ मंसिर । सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका–३ दोभानस्थित सिद्धबाबा सुरुङमार्गको टनेल एक महिनाभित्र ब्रेक थ्रु गर्ने तयारीमा छ ।

काठमाडौँ, २१ मंसिर । निर्वाचन आयोगले देशभरका सबै प्रदेश तथा जिल्ला निर्वाचन कार्यायलयबाट मतदाता नामावलीमा नाम दर्ता गर्ने काम सुरु