ट्याङ्करको ठक्करबाट एक जनाको मृत्यु

बाँके, ११ मंसिर । ट्याङ्करको ठक्करबाट नेपालगन्ज उपमहानगरपालिका-१७ परस्पुर बस्ने १७ वर्षीया सालिनी पाठकको मृत्यु भएको छ । 

प्रहरीका अनुसार नेपालगन्ज उपमहानगरपालिका-१ धम्बोझीमा ना.३ ख ८८५२ नम्बरको ट्याङ्करले भे.११ प ७६५७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा गम्भीर घाइते भएकी मोटरसाइकलमा सवार उनको भेरी अस्पताल नेपालगन्जमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालक उपचार पश्चात् डिस्चार्ज भएका छन् ।  ट्याङ्कर चालकलाई प्रहरीले नियन्त्रण लिई यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १८ मंसिर । साहब आलमको उत्कृष्ट बलिङप्रेरित काठमाण्डू गोर्खाज नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको प्लेअफमा पुग्ने दोस्रो टिम

काठमाडौँ, १८ मंसिर । आइसिसी महिला टि-२० विश्वकपको ग्लोबल क्वालिफायर खेल्ने नेपालको प्रारम्भिक टोली घोषणा भएको छ । नेपाल क्रिकेट सङ्घ

काठमाडौँ, १८ मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणमा पोखरा ऐभेन्जर्सले काठमाण्डू गोर्खाजविरुद्ध फिल्डिङ गर्ने भएको छ ।  आज

काठमाडौँ, १८ मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेल हुँदैछन् । कीर्तिपुरको त्रिवि क्रिकेट रङ्गशालामा आज हुने