राष्ट्र बैंकले २ अर्ब ८६ करोड रुपैयाँ ब्याजमा लगानी गर्ने

काठमाडौँ, ११ मंसिर । नेपाल राष्ट्र बैंकले २ अर्ब ८६ करोड रुपैयाँ बढी रकम ब्याजमा लगानी गर्ने भएको छ । बैंकको विभिन्न कोषहरुमा रहेको कूल २ अर्ब ८६ करोड ५३ लाख रुपैयाँ केन्द्रीय बैंकले एक वर्षका लागि मुद्दती निक्षेपमा राख्न चाहेको हो । 

आइतबार एक सूचना जारी गर्दै केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थालाई चाहेको निक्षेपका लागि दरखास्त हाल्न आह्वान गरेको छ । सूचना अनुसार कूल रकममध्ये २ अर्ब २९ करोड २२ लाख रुपैयाँ क वर्गको वाणिज्य बैंकका लागि छुट्याइएको छ भने ४२ करोड ९८ लाख रुपैयाँ ख वर्गको विकास बैंक र १४ करोड ३३ लाख रुपैयाँ ग वर्गको राष्ट्रिय स्तरका वित्त कम्पनीहरुका लागि छुट्याइएको छ । 

निक्षेप चाहने बैंक तथा वित्तीय संस्थाले मंसिर १२ गते अर्थात् मंगलबार राती १२ बजेभित्र आवेदन दिइसक्नुपर्नेछ । निक्षेप भने २०८० पुस १ गते प्रदान गरिनेछ । एक वर्षका लागि प्रदान गरिने निक्षेप २०८१ मंसिर ३० गते परिपक्क हुने केन्द्रीय बैंकले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ जेठ । बाजुरामा एक जना मृत अवस्थामा फेला परेका छन् । आइतबार साँझ सवा ४ बजे बडिमालिका नगरपालिका–२ को

काठमाडौँ, ५ जेठ । काठमाडौँबाट लुक्ला जाँदै गरेको समिट एयरको एउटा जहाज इन्जिनमा समस्या देखिएपछि काठमाडौँमै फर्किएको छ । आज

काठमाडौँ, ५ जेठ । लहान नगरपालिका २२ लबटोलीबाट दाजु र बहिनीलाई प्रहरीले ठूलो परिमाणमा नगद र ब्राउनसुगरसहित पक्राउ गरेको छ ।

काठमाडौँ, ५ जेठ । नवलपरासी पश्चिमको सुनवल–परासी सडकखण्डमा भारतीय नम्बर प्लेटको गाडीको ठक्करबाट एक युवकको मृत्यु भएको छ । प्रहरीका अनुसार